रतुवामाइबाट ह्विलचेयरमा इटहरी पुगेका रामबहादुरले माया घरका आश्रितहरूसँग मनाए ८०औँ जन्मदिन

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १ जेठ, २०८३
२ महिनाअघि

इटहरी । शारीरिक रूपमा अशक्त मोरङ रतुवामाई–९ का रामबहादुर थापाले बिहीबार आफ्नो ८०औँ जन्मदिन इटहरीस्थित माया घर नेपालमा आश्रितहरूलाई खाना खुवाएर भव्य रूपमा मनाएका छन् ।

मोरङको रतुवामाईबाट ह्विलचेयरमा माया घर इटहरी पुगेका थापाले त्यहाँ आश्रितहरूलाई एक छाकको भोजनसँगै दिवा खाजा प्रदान गरी ८०औँ जन्मदिन मनाएका हुन् । उनीसँगै जीवनसंगिनी टिकामाया थापा, साइली बुहारी बिमला थापा लगायत परिवारको उपस्थितिमा माया घर नेपालमा केक काटेर जन्मदिन मनाइएको हो ।

Advertisement

८०औँ वर्ष प्रवेश गरेसँगै जन्मदिनलाई सामाजिक काममा जोड्ने उद्देश्यसहित माया घरमा पुगेर आश्रितहरूलाई एक छाक मिष्ठान्न भोजन गराएको थापाकी साइली बुहारी बिमलाले बताइन् ।जन्मदिनमा हुने पारिवारिक भेटघाट र फजुल खर्च नगरी सामाजिक क्षेत्रमा योगदान दिने उद्देश्यसहित यो काम गरिएको उनको भनाइ छ ।

सामाजिक सञ्जालमा माया घर नेपालबारे सुन्दै र हेर्दै आएकोले बुवाको जन्मदिनको अवसरमा थोरै भए पनि पुण्य कमाउने उद्देश्यले आश्रितहरूलाई एक छाक मिष्ठान्न भोजन प्रदान गरिएको उनको भनाइ छ । हाल माया घर नेपालमा १३९ जना अशक्त, मानसिक रोगी तथा सडक मानवहरू आश्रित रहेका छन् ।

साथै बिहीबार एकै दिन माया घर नेपालमा ९ जनाभन्दा बढीले जन्मदिनको उत्सव मनाएका छन् । मोरङ सुन्दरहरैंचा–१२ निवासी दिपसिखा खतिवडाले आफ्नो जन्मदिनको अवसरमा माया घरका आश्रितहरूलाई एक छाक मिष्ठान्न भोजन प्रदान गरेकी छन् ।

त्यस्तै मोरङकै पथरी शनिश्चरेकी सुम्निमा राईले पनि आश्रितहरूलाई खाद्यान्न सामग्री प्रदान गरेकी छन् । उनले आफ्नो जन्मदिनको अवसर पारेर १५ हजार मूल्य बराबरको खाद्यान्न सामग्री प्रदान गरेकी हुन् । उनीजस्तै अन्य ९ जनाभन्दा बढीले माया घर पुगेर जन्मदिनको अवसरमा आश्रितहरूलाई खाद्यान्न, लत्ताकपडा र भोजन गराएका हुन् ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

आत्मदाह प्रयास गरेका गणेश नेपालीको अवस्था गम्भीर, जुनसुकै बेला थप जटिल हुन सक्ने वीर अस्पतालको चेतावनी

शुक्रबार २६ असार, २०८३
२ घण्टाअघि

कर्णाली नदीमा भेटियो दुई जनाको शव

शुक्रबार २६ असार, २०८३
२ घण्टाअघि

संरचना खाली गराइए टेन्ट टाँगेर वा सडकमै भए पनि सेवा दिन्छौँ : रेडक्रस मोरङ

बिहिबार २५ असार, २०८३
२० घण्टाअघि

राहदानी विभाग अगाडि एक व्यक्तिले गरे आत्मदाह प्रयास

बिहिबार २५ असार, २०८३
२२ घण्टाअघि

२०२२ को हारको बदला लिने अवसरमा मोरक्को, फ्रान्सलाई रोक्न सक्ला त ?

बिहिबार २५ असार, २०८३
२३ घण्टाअघि

सप्तकोशी नदीको बाँध क्षेत्रबाट ३०८ किलो गाँजा बरामद

बिहिबार २५ असार, २०८३
१ दिनअघि
आत्मदाह प्रयास गरेका गणेश नेपालीको अवस्था गम्भीर, जुनसुकै बेला थप जटिल हुन सक्ने वीर अस्पतालको चेतावनी
शुक्रबार २६ असार, २०८३
कर्णाली नदीमा भेटियो दुई जनाको शव
शुक्रबार २६ असार, २०८३
संरचना खाली गराइए टेन्ट टाँगेर वा सडकमै भए पनि सेवा दिन्छौँ : रेडक्रस मोरङ
बिहिबार २५ असार, २०८३
राहदानी विभाग अगाडि एक व्यक्तिले गरे आत्मदाह प्रयास
बिहिबार २५ असार, २०८३
२०२२ को हारको बदला लिने अवसरमा मोरक्को, फ्रान्सलाई रोक्न सक्ला त ?
बिहिबार २५ असार, २०८३
सप्तकोशी नदीको बाँध क्षेत्रबाट ३०८ किलो गाँजा बरामद
बिहिबार २५ असार, २०८३
दुहबीमा लोपोन्मुख पञ्चे बाजा बजाउने तालिम सम्पन्न
बिहिबार २५ असार, २०८३
शारीरिक स्वास्थ्य र मानसिक शान्तिका लागि ध्यान
बिहिबार २५ असार, २०८३
मुख्यसचिवमा गोविन्द कार्की नियुक्त
बुधबार २४ असार, २०८३
सांसद् थपलियाले भनिन्, सुकुम्बासीको आँखामा आँसुको उपहार दिएर सरकारले १०० दिन मनायो
बुधबार २४ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०