एसइई २०८२ मा जनक स्कुलको शतप्रतिशत नतिजा : ३५ विद्यार्थी उत्कृष्ट जिपिएसहित उत्तीर्ण

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ३० ब‌ैशाख, २०८३
४ महिनाअघि

झोराहाट । ग्रामथान गाउँपालिका–२ झोराहाटस्थित जनक मेमोरियल बोर्डिङ स्कुल ले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ मा शतप्रतिशत नतिजा हासिल गर्दै उत्कृष्ट सफलता प्राप्त गरेको छ ।

विद्यालयका अनुसार यस वर्षको एसइई परीक्षामा ३५ जना सहभागी भएकोमध्ये सन्देश सुवेदी र सम्पदा कोइरालासहित १३ जनाले ३.६ देखि उत्कृष्ट जिपिए ल्याएका छन् । यसैगरी, अरू २२ जनाले ३.२ देखि ३.६ जिपिए प्राप्त गरेको विद्यालयका प्रिन्सिपल सुनील भगतले जानकारी दिए ।

उत्कृष्ट सफलता हासिल गर्ने सम्पूर्ण विद्यार्थीहरूलाई विद्यालय परिवारले हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेको छ । प्रिन्सिपल भगतले विद्यार्थीहरूको लगनशीलता, आत्मविश्वास र अनुशासनसँगै अभिभावक तथा गुरु वर्गको निरन्तर कडा मेहनतका कारण यो सफलता सम्भव भएको बताएका छन् ।

यस्तै, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्रीप्रसाद रिजालले जनक स्कुल विगत ३४ वर्षदेखि शिक्षा क्षेत्रमा निरन्तर योगदान दिन सफल भएको बताउँदै एसइईको नतिजाले आफूहरूको मनोबल अझ बढेको बताए ।

उनले आगामी दिनमा पनि विद्यार्थीहरूले अझ उच्च सफलता हासिल गर्दै जीवनका हरेक क्षेत्रमा प्रगति गर्ने विश्वास व्यक्त गरेका छन् । पालिकाभरि नै उत्कृष्ट नतिजा ल्याउन सफल जनकमा हाल एक हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

प्रकाशित समय: बुधबार ३० ब‌ैशाख, २०८३, २०:३०:४७
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँले घट्यो
आईतबार २१ भदौ, २०८३
क्यासिनोमा इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
आईतबार २१ भदौ, २०८३
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग
बिहिबार १८ भदौ, २०८३
भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह
बिहिबार १८ भदौ, २०८३
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०