विराटनगर । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा टर्किस एयरलाइन्सको विमानकाे टायरमा आगो लागेको छ ।
टर्कीको इस्तानबुलबाट आएको टिके७२६ नम्बरको टर्किस एयर अवतरण गर्ने क्रममा विमानको टायरमा आगो लागेको विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले बताए ।
विमानमा २७३ यात्रु र ११ जना ‘क्रू मेम्बर थिए । सबै यात्रुहरुलाई सकुशल बाहिर निकालिएको थियो ।
अहिले प्राविधिक जाँच भइरहेको छ ।