विराटनगर । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले अहिले घण्टीमा भोट हाले भन्नेहरू एक महिनामै लुक्ने अवस्थामा पुगिसकेको बताएका छन् ।
भक्तपुरस्थित आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा उनले केपी ओलीले जस्तै बालेनले पनि शक्ति आफ्नो हातमा ल्याइरहेको भन्दै शक्ति भनेको जनता भन्ने नभुल्न चेतावनी दिए।
सुकुम्वासी बस्तीमा डोजर लगाएकोप्रति उनले असन्तुष्टि जनाएका छन्। प्रधानमन्त्री वालेन शाहले सामाजिक सञ्जाल र ‘अल्गोरिदम’ को प्रयोग गरेर फाँसीवादी शैलीमा शासन चलाउने प्रयास गरिरहेको बताए।
उनले जीवनभरको मेहनतबाट बनाइएका घरहरू भत्काइँदा गरिबका सपना चकनाचुर भएको बताए।