मसानघाटबाट मृतकका लुगा चोरी, सस्तो बजारमा खुलेआम बिक्री

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २६ ब‌ैशाख, २०८३
४ महिनाअघि

भारतको इन्दोरमा मानव संवेदनालाई नै झस्काउने अमानवीय धन्दाको खुलासा भएको छ।

मसानघाटमा अन्तिम संस्कारका लागि ल्याइएका शवबाट निकालिएका लुगा, कात्रो र तन्ना चोरी गरी सफा गरेर पुनः बजारमा बिक्री गर्ने गिरोह सक्रिय रहेको खुलासा भएपछि सर्वसाधारण स्तब्ध बनेका छन्।

सस्तो मूल्यको लोभमा धेरै मानिसले अनजानमै मृतकका लुगा प्रयोग गरिरहेको तथ्यले स्वास्थ्य र मानवतामाथि गम्भीर प्रश्न उठाएको छ। अन्तिम संस्कारका क्रममा शवबाट निकालिएका सुट, साडी, ज्याकेट, तन्ना र कात्रोजस्ता सामग्री संकलन गरी सफा गरेर पुनः बजारमा बेच्ने गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

घाट क्षेत्रमा बस्ने केही व्यक्तिहरूले मृतकका शरीरबाट हटाइएका लुगाहरू जम्मा गर्ने गर्छन्। त्यसपछि ती सामग्रीलाई अलग्गै स्थानमा लगेर धोइपखाली, केमिकल प्रयोग र प्रेस गरेर नयाँजस्तै बनाइन्छ। यसरी तयार गरिएका लुगाहरूलाई स्थानीय सस्तो बजारमा नयाँ प्याकिङसहित बिक्रीका लागि राखिने गरिएको बताइएको छ । रिपोर्टअनुसार, हजारौँ रुपैयाँ पर्ने लुगाहरू ५० देखि २०० भारतीय रुपैयाँमै बिक्री हुने गरेका छन्।

चिकित्सकीय दृष्टिकोणले यो कार्य अत्यन्तै जोखिमपूर्ण मानिएको छ। स्वास्थ्य विशेषज्ञहरूका अनुसार मृतकको शरीरमा भएका जीवाणु वा कुनै संक्रामक रोग लुगामार्फत जीवित व्यक्तिमा सर्न सक्छ, जसले गर्दा गम्भीर किसिमको संक्रमण वा छालाको रोग लाग्न सक्ने उच्च सम्भावना रहन्छ।

धार्मिक तथा सामाजिक दृष्टिकोणले समेत मृतकका लुगाहरू यसरी चोरी गरेर व्यापार गर्नु अत्यन्तै अशोभनीय र अमानवीय कार्य मानिएको छ।

यस घटनाले मानवता र सामाजिक संवेदनामाथि नै गम्भीर प्रश्न खडा गरिदिएको छ।

प्रकाशित समय: शनिवार २६ ब‌ैशाख, २०८३, ११:०८:२७
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०