विराटनगर । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेकाे छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन १ हजार ८ सयले बढेर प्रतितोला २ लाख ९८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।
बुधबार २ लाख ९२ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
त्यस्तै चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी तोलाको १०० रुपैयाँले बढेर ५ हजार ५५ रुपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार चाँदी प्रतितोला ४ हजार ८१० रुपैयाँमा कारोबार भएको थियो ।