दुहबीको अरिहन्त अरिहन्त इन्फ्रास्ट्रक्चरविरुद्ध नगरपालिकामा उजुरी

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २२ ब‌ैशाख, २०८३
४ घण्टाअघि

दुहबी । सुनसरीको दुहबी नगरपालिका–८ मा सञ्चालित अरिहन्त इन्फ्रास्ट्रक्चरबाट निस्कने धुलो, धुवाँ र फोहोर पानीको जथाभावी निस्कासनले स्थानीय बासिन्दा त्रस्त बनेका छन् ।

प्रदूषित पानी जथाभावी बिसर्जन गरेपछि पीडित बनेका स्थानीयले उचित समाधानको माग गर्दै मंगलबार दुहबी नगरपालिकामा निवेदन दर्ता गरेका छन् ।

पीडित स्थानीयहरूले नगरपालिकाका उपप्रमुख मेनुका पोखरेल खतिवडा तथा वातारवरण शाखा विमल नारायण चौधरीसँग भेटघाट गरी समस्याको गम्भीरताबारे जानकारी गराएका छन् ।

छलफलमा उद्योगबाट निस्कने फोहोर पानीले गाउँबस्ती डुबाउन थालेको, धुलो र धुवाँले दैनिक जनजीवन कठिन बनाएको लगायतका गुनासाहरू राखिएको बताइएको छ ।

स्थानीयवासीले स्पष्ट र ठोस समाधान नआएसम्म आफ्नो अडान नछोड्ने चेतावनी दिएका छन् । “फोहोर व्यवस्थापन हुनैपर्छ, गाउँबस्ती डुबाउन पाइँदैन, निमुखालाई रुवाउन पाइँदैन,” स्थानीयवासीले भने ।

उद्योगबाट हुने वातावरणीय प्रदूषणविरुद्ध सम्बन्धित निकायले प्रभावकारी कदम चाल्नुपर्ने र उद्योग सञ्चालकलाई जिम्मेवार बनाउनुपर्ने माग स्थानीयहरूको छ ।

यता, नगरपालिकाले भने यसै विषयलाई लिएर सम्बन्धित उद्योगलाई पत्र काटिसकेको छ । स्थानीयबाट गुनासो आएको भन्दै पत्र काटिएको र वातारवरण शाखा विमल नारायण चौधरीले जानकारी दिए ।

प्रकाशित समय: मङ्गलबार २२ ब‌ैशाख, २०८३, १६:०६:२४

सम्बन्धित खबर

दुहबीको अरिहन्त अरिहन्त इन्फ्रास्ट्रक्चरविरुद्ध नगरपालिकामा उजुरी
मङ्गलबार २२ ब‌ैशाख, २०८३
पर्यटन मन्त्रालय अन्तर्गत विभिन्न निकायका ३० भन्दा बढी पदाधिकारी भए पदमुक्त
मङ्गलबार २२ ब‌ैशाख, २०८३
संविधान संशोधन कार्यदलले पूर्वराष्ट्रसेवकसँग छलफल गर्दै
मङ्गलबार २२ ब‌ैशाख, २०८३
जाँचपास नहुँदा १४ सयभन्दा धेरै मालवाहक सवारी रोकिए
मङ्गलबार २२ ब‌ैशाख, २०८३
तोलाको ३८ सयले घट्यो सुन
मङ्गलबार २२ ब‌ैशाख, २०८३
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्ने तयारीमा राष्ट्रपति
मङ्गलबार २२ ब‌ैशाख, २०८३
भिडियो खिच्न रोकिएको भन्ने समाचार असत्य: प्रेस सल्लाहकार दाहाल
सोमबार २१ ब‌ैशाख, २०८३
व्यवसायी शेखर गोल्छालाई धरौटी वा जमानतमा छाड्न सर्वोच्चको आदेश
सोमबार २१ ब‌ैशाख, २०८३
डोजर अभियानको असर पोखरामा: सुकुम्वासी सडकमा, ‘विकल्प बिना हट्दैनौं’
सोमबार २१ ब‌ैशाख, २०८३
भारतले लिपुलेक पास हुँदै कैलाश मानसरोवर जाने यात्रा खुला गरेको विरोधमा काठमाडौंमा प्रदर्शन
सोमबार २१ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०