भू–अभिलेख प्रणालीबाट सुकुम्वासी पहिचान सुरु, वास्तविक लाभग्राही छुट्याइने

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २० ब‌ैशाख, २०८३
४ घण्टाअघि

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुम्वासीको परीक्षण प्रक्रिया सुरु गरेको छ।

मन्त्रालयका सहसचिव तथा प्रवक्ता गणेशप्रसाद भट्टका अनुसार सुकुम्वासीका रूपमा दाबी गरिएका व्यक्तिहरूको नाममा देशका कुनै पनि स्थानमा जग्गा छ वा छैन भन्ने तथ्य डिजिटल प्रणालीमार्फत परीक्षण भइरहेको छ।

उनका अनुसार पारदर्शी, प्रभावकारी र मितव्ययी ढंगबाट परीक्षण कार्य अघि बढाउन विद्युतीय प्रणाली प्रयोग गरिएको हो। “हाल सहरी विकास मन्त्रालय बाट प्राप्त नामावलीका आधारमा काठमाडौं उपत्यकाभित्रका सुकुम्वासीको परीक्षण भइरहेको छ,” उनले भने, “यसपछि क्रमिक रूपमा देशभरका सुकुम्वासीको पहिचान गरिनेछ।”

मन्त्रालयअन्तर्गत हाल ११० वटा मालपोत कार्यालय र २१ वटा भूमिसुधार तथा मालपोत कार्यालय सञ्चालनमा रहेका छन्। यसैबीच, भूमिसम्बन्धी सेवा स्थानीय तहबाटै उपलब्ध गराउने तयारीस्वरूप मन्त्रालयले ७५३ वटै स्थानीय तहलाई आवश्यक जनशक्ति, प्रविधि र स्रोतसम्बन्धी विवरण माग गरेको जनाएको छ।

मन्त्रालयले प्राथमिकताका आधारमा स्थानीय तहलाई तालिम, प्रशिक्षण तथा सीप विकासका कार्यक्रम सञ्चालन गर्ने र क्रमशः जिम्मेवारी हस्तान्तरण गर्ने योजना बनाएको छ। स्थानीय तहले भूमि प्रशासनको जिम्मेवारी सम्हाल्न सकेमा मन्त्रालयले आवश्यक सहयोग र समन्वय गर्ने प्रवक्ता भट्टले बताए।

उनका अनुसार स्थानीय तहमार्फत सेवा सञ्चालन हुँदा भौगोलिक परीक्षण सहज हुने र नागरिकलाई छिटोछरितो सेवा प्रदान गर्न सकिने विश्वास गरिएको छ।

प्रकाशित समय: आईतबार २० ब‌ैशाख, २०८३, ११:०४:१०

सम्बन्धित खबर

नयाँ आईजीपी पौडेलले सोमबार फुली लगाउने, गृहसचिवबाट दर्ज्यानी चिन्ह प्रदान गरिने

आईतबार २० ब‌ैशाख, २०८३
१ घण्टाअघि

सांसद् ढकालले लिए केन्द्रीय सचिवालय सदस्यको शपथ

आईतबार २० ब‌ैशाख, २०८३
१ घण्टाअघि

काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

आईतबार २० ब‌ैशाख, २०८३
३ घण्टाअघि

नारायणगढ–मुग्लिन सडकमा पहिरो, तुइन खोलामा एकतर्फी यातायात सञ्चालन

आईतबार २० ब‌ैशाख, २०८३
४ घण्टाअघि

‘प्रेस स्वतन्त्रताको रक्षा हुन्छ भन्नेमा शंका’ — महासंघ अध्यक्ष शर्मा

आईतबार २० ब‌ैशाख, २०८३
४ घण्टाअघि

राष्ट्रपतिले जारी गरे थप तीन अध्यादेश

शनिवार १९ ब‌ैशाख, २०८३
२३ घण्टाअघि
नयाँ आईजीपी पौडेलले सोमबार फुली लगाउने, गृहसचिवबाट दर्ज्यानी चिन्ह प्रदान गरिने
आईतबार २० ब‌ैशाख, २०८३
सांसद् ढकालले लिए केन्द्रीय सचिवालय सदस्यको शपथ
आईतबार २० ब‌ैशाख, २०८३
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
आईतबार २० ब‌ैशाख, २०८३
नारायणगढ–मुग्लिन सडकमा पहिरो, तुइन खोलामा एकतर्फी यातायात सञ्चालन
आईतबार २० ब‌ैशाख, २०८३
भू–अभिलेख प्रणालीबाट सुकुम्वासी पहिचान सुरु, वास्तविक लाभग्राही छुट्याइने
आईतबार २० ब‌ैशाख, २०८३
‘प्रेस स्वतन्त्रताको रक्षा हुन्छ भन्नेमा शंका’ — महासंघ अध्यक्ष शर्मा
आईतबार २० ब‌ैशाख, २०८३
इरान–तेल प्रकरण: चीनले अमेरिकाको निर्णय नमान्ने
आईतबार २० ब‌ैशाख, २०८३
राष्ट्रपतिले जारी गरे थप तीन अध्यादेश
शनिवार १९ ब‌ैशाख, २०८३
लालपुर्जाको दाबीपछि रोकिएको डोजर पुनः सञ्चालन, मापदण्डविपरीत निर्माण गरिएको निष्कर्ष
शनिवार १९ ब‌ैशाख, २०८३
नेकपाको मङ्सिरमा एकता राष्ट्रिय महाधिवेशन, संगठन विस्तार अभियान अघि बढाइने
शनिवार १९ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०