बालाजु–स्वयम्भू केन्द्रमा अतिक्रमित बस्ती हटाउने अभियान जारी

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १९ ब‌ैशाख, २०८३
२ महिनाअघि

काठमाडौं । काठमाडौं उपत्यकाका बागमती तथा सहायक नदी किनारामा रहेका अतिक्रमित बस्ती हटाउने अभियान शनिबार पनि जारी रहेको छ। सङ्घीय सरकार र काठमाडौं महानगरपालिकाको संयोजनमा कामपा–१६ बालाजुस्थित विष्णुमणि नदी र धोबीखोला किनारमा रहेका घरटहरा हटाउने कार्य भइरहेको हो।

मुक्तिराम रिजालका अनुसार कामपा–१५ स्वयम्भू क्षेत्रका अतिक्रमित संरचना हटाउने काम पनि निरन्तर जारी छ। “स्वयम्भू, बालाजु–गोङ्गबु बसपार्क, देवीनगरलगायत क्षेत्रमा अवैध संरचना हटाउने कार्य भइरहेको छ,” उनले जानकारी दिए।

यसअघि शुक्रबार सरकारले बल्खु र कालिमाटी क्षेत्रमा नदीकिनारका जोखिमयुक्त बस्ती हटाएको थियो। प्रशासनका अनुसार हालसम्म काठमाडौं उपत्यकाभित्र सरकारी, सार्वजनिक तथा निजी जग्गा अतिक्रमण गरी निर्माण गरिएका करिब दुई हजार घरटहरा हटाइसकिएको छ।

वस्ती हटाउने क्रममा प्रभावित परिवारहरूलाई अस्थायी रूपमा ‘होल्डिङ सेन्टर’मा राखिएको प्रशासनले जनाएको छ।

सरकारले नदीकिनारका अतिक्रमण हटाएर सम्भावित बाढी तथा विपद् जोखिम न्यूनीकरण गर्ने उद्देश्यसहित अभियान सञ्चालन गरेको बताइएको छ।

प्रकाशित समय: शनिवार १९ ब‌ैशाख, २०८३, ११:१८:१०
अमेरिका–इरान शान्ति सम्झौता स्थगित, वार्ता अब प्राविधिक तहमा केन्द्रित
शुक्रबार ५ असार, २०८३
दुहवी नगरपालिकाले ल्यायो ९७ करोड ६६ लाख रुपैयाँको बजेट
बिहिबार ४ असार, २०८३
दोस्रो सगरमाथा संवाद-२०२७ मेमा हुने
बिहिबार ४ असार, २०८३
कृष्ण बहादुर महराले छाडे पार्टी
बिहिबार ४ असार, २०८३
आरजुलाई तीन दिनभित्र बयान दिन आउन अख्तियारले काट्यो चिठी
बिहिबार ४ असार, २०८३
नवप्रवर्तन मन्त्रालयका लागि स्वयंसेवक बन्न महावीर पुनको आह्वान
बिहिबार ४ असार, २०८३
ई-पासपोर्ट खरिद प्रकरणमा बयानका लागि जर्मन कम्पनीको प्रतिनिधिलाई बोलाइयो
बिहिबार ४ असार, २०८३
मनसुन विपदमा जनताको सुरक्षा पहिलो प्राथमिकता : गृहमन्त्री गुरुङ
बिहिबार ४ असार, २०८३
मडेइरादेखि विश्व फुटबलको शिखरसम्म रोनाल्डोको यात्रा
बिहिबार ४ असार, २०८३
रोनाल्डोलाई पछि पार्दै मेसी बने अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक ह्याट्रिककर्ता
बिहिबार ४ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०