काठमाडौं । डा. स्वर्णिम वाग्ले र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोर बीच भेटवार्ता भएको छ।
शुक्रबार दिउँसो अर्थ मन्त्रालयमा भएको उक्त भेटमा नेपाल–अमेरिका आर्थिक साझेदारी तथा विकास सहायताका विविध विषयमा छलफल भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ।
विशेष दूत गोर बिहीबार साँझ काठमाडौं आइपुगेका हुन्। उनको शनिबार राति नयाँ दिल्ली प्रस्थान गर्ने कार्यतालिका रहेको छ।