बुद्ध जयन्तीकै दिन बल्खुमा गुम्बा र मन्दिरमा डोजर

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १८ ब‌ैशाख, २०८३
३ घण्टाअघि

काठमाडौं । बुद्ध जयन्तीकै दिन काठमाडौं महानगरपालिका–१४, बल्खुस्थित साङ्गे छोइलिङ्ग गुम्बा र सोही क्षेत्रको सुकुम्बासी बस्तीभित्र रहेको पाथीभरा देवीको मन्दिर डोजर प्रयोग गरी भत्काइएको छ। सार्वजनिक जग्गा अतिक्रमण हटाउने अभियानअन्तर्गत शुक्रबार बिहानैदेखि उक्त संरचना हटाइएको हो।

२०७८ सालमा दर्ता भएको साङ्गे छोइलिङ्ग गुम्बा वैशाख शुक्ल पूर्णिमाका दिन भत्काइएपछि स्थानीय बासिन्दाले असन्तुष्टि जनाएका छन्। उनीहरूका अनुसार कम्तीमा धार्मिक महत्वको दिन पारेर नभत्काउन आग्रह गरिएको थियो, तर सो आग्रह बेवास्ता गरिएको बताइएको छ।

स्थानीयका अनुसार डोजर चलाइँदा कतिपयले आफ्ना सामग्री जोगाउन हतार–हतार सामान सार्न बाध्य भएका थिए भने कतिपयले वर्षौंदेखि प्रयोगमा रहेका धार्मिक स्थल भत्किँदै गरेको दृश्य हेर्न विवश हुनुपरेको थियो। घटनास्थलमा सुरक्षाकर्मी र नगरप्रहरी परिचालन गरिएको थियो।

काठमाडौं महानगरपालिकाका अनुसार सार्वजनिक तथा सरकारी स्वामित्वको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने अभियानअन्तर्गत गुम्बा र मन्दिर दुवै भत्काइएको हो। महानगरले डोजर चलाउनुअघि गुम्बाभित्र रहेका बुद्धका मूर्ति, धार्मिक सामग्री तथा अन्य महत्वपूर्ण वस्तुहरू सुरक्षित रूपमा बाहिर निकालिएको जनाएको छ।

महानगर स्रोतका अनुसार नदीकिनार तथा सार्वजनिक जग्गामा अनाधिकृत रूपमा बसोबास गर्दै आएका बस्तीहरू हटाउने अभियान केही दिनदेखि तीव्र बनाइएको छ। बल्खु क्षेत्रसँगै अन्य अतिक्रमित स्थानहरूमा पनि क्रमशः डोजर चलाउने योजना रहेको बताइएको छ।

यता, स्थानीय बासिन्दा र धार्मिक आस्थासँग जोडिएका व्यक्तिहरूले भने समय चयनप्रति आपत्ति जनाउँदै संवेदनशील विषयमा प्रशासनले थप ध्यान दिनुपर्ने बताएका छन्। उनीहरूले विकास र व्यवस्थापन आवश्यक भए पनि धार्मिक तथा सांस्कृतिक पक्षलाई सम्मान गर्नुपर्नेमा जोड दिएका छन्।

प्रकाशित समय: शुक्रबार १८ ब‌ैशाख, २०८३, १४:४६:०७

सम्बन्धित खबर

नेपालमै पहिलोपटकः अब बर्जु-१ का सेवाग्राहीले फोन गर्नेबित्तिकै लिन आइपुग्छ सिटी सफारी, लाग्दैन कति पनि पैसा !

शुक्रबार १८ ब‌ैशाख, २०८३
२५ minutes

घर भत्किएको हेर्न सक्दिनँ’ भनेका व्यक्ति मृत भेटिए

शुक्रबार १८ ब‌ैशाख, २०८३
२ घण्टाअघि

अफ्रिकाका ५३ देशका लागि चीनको शून्य-कर घोषणा

शुक्रबार १८ ब‌ैशाख, २०८३
२ घण्टाअघि

धनुषामा १३७ केजी गाँजासहित दुई जना पक्राउ

शुक्रबार १८ ब‌ैशाख, २०८३
३ घण्टाअघि

अब साइट र बजेट सुनिश्चित नभई ठेक्का लगाउन नपाइने

शुक्रबार १८ ब‌ैशाख, २०८३
३ घण्टाअघि

सरकारले भन्सार राम्रो गर्ने नाममा नागरिकलाई दुख दिन हुँदैन : सभापति थापा

शुक्रबार १८ ब‌ैशाख, २०८३
४ घण्टाअघि
नेपालमै पहिलोपटकः अब बर्जु-१ का सेवाग्राहीले फोन गर्नेबित्तिकै लिन आइपुग्छ सिटी सफारी, लाग्दैन कति पनि पैसा !
शुक्रबार १८ ब‌ैशाख, २०८३
अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेटवार्ता
शुक्रबार १८ ब‌ैशाख, २०८३
‘स्पष्ट बहुमत हुँदाहुँदै सरकार खतरनाक भ्रममा’ — गगन थापा
शुक्रबार १८ ब‌ैशाख, २०८३
घर भत्किएको हेर्न सक्दिनँ’ भनेका व्यक्ति मृत भेटिए
शुक्रबार १८ ब‌ैशाख, २०८३
अफ्रिकाका ५३ देशका लागि चीनको शून्य-कर घोषणा
शुक्रबार १८ ब‌ैशाख, २०८३
धनुषामा १३७ केजी गाँजासहित दुई जना पक्राउ
शुक्रबार १८ ब‌ैशाख, २०८३
अब साइट र बजेट सुनिश्चित नभई ठेक्का लगाउन नपाइने
शुक्रबार १८ ब‌ैशाख, २०८३
बुद्ध जयन्तीकै दिन बल्खुमा गुम्बा र मन्दिरमा डोजर
शुक्रबार १८ ब‌ैशाख, २०८३
सरकारले भन्सार राम्रो गर्ने नाममा नागरिकलाई दुख दिन हुँदैन : सभापति थापा
शुक्रबार १८ ब‌ैशाख, २०८३
अफ्रिकासँग व्यापार बढाउन चीनको ठूलो कदम: ५३ देशका लागि शून्य–ट्यारिफ घोषणा
शुक्रबार १८ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०