नेपालमै पहिलोपटकः अब बर्जु-१ का सेवाग्राहीले फोन गर्नेबित्तिकै लिन आइपुग्छ सिटी सफारी, लाग्दैन कति पनि पैसा !

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १८ ब‌ैशाख, २०८३
४ घण्टाअघि

बर्जु । घरदेखि वडासम्म र वडादेखि घरसम्म आवतजावत गर्न नसक्ने सेवाग्राहीले वडा कार्यालसम्म पुग्न दुःख गर्नुपर्दैन, मात्र वडा कार्यालयमा एकपटक फोन गरे पुग्छ । फोन गरेर बोलाउनेबित्तिकै सिटी सफारी हाजिर हुन्छ र वडा कार्यालय पुर्‍याएर काम सकिएलगत्तै घरसम्म पनि पुर्‍याउँछ । तर, यो सुबिधा सबैका लागि भने होइन ।

वडामा रहेका गर्भवती, सुत्केरी, अशक्त, वृद्ध तथा अपांगता भएका सेवाग्राहीलाई मध्येनजर गर्दै सुनसरीको बर्जु गाउँपालिका वडा नम्बर १ ले निःशुल्क सफारी सेवाको शुभारम्भ गरेको हो । सार्वजनिक यातायातको अभाव, आर्थिक अवस्थाको कमजोरी र शारीरिक असमर्थताका कारण यहाँका नागरिकहरूले आफ्नै अधिकारका सेवाहरूबाट बञ्चित हुनुपर्ने बाध्यता थियो ।

यही समस्याको स्थायी समाधान खोज्दै वडाध्यक्ष दिलबहादुर गुरुङले यो फरक र अनुकरणीय अवधारणाको जन्म दिएका हुन् । उनको फरक कन्सेप्टमा सुरु भएको यो सेवाको थालनी बिहीबार गाउँपालिका अध्यक्ष जिबच्छकुमार राय र प्रमुख प्रशासकीय अधिकृत सुधीर साफीले गरेका थिए । उद्घाटन समारोहमा स्थानीय जनप्रतिनिधि तथा वडाका नागरिक अगुवाहरूको उपस्थिति थियो ।

वडा सचिव मिलन खतिवडाका अनुसार पालिकाले दिएको चार लाख बजेटबाट चालकसहित सफारीको व्यवस्था गरिएको हो । उनका अनुसार यस सफारी गाडीको चार्जिङको व्यवस्था वडा कार्यालयकै परिसरमा गरिएको छ, जसले गाडीको सञ्चालन खर्च अझ न्यून राख्न मद्दत गर्छ भने सेवा विद्युतीय ऊर्जामा आधारित भएकाले यो पर्यावरणमैत्री पनि छ ।

विपन्न वर्गका सेवाग्राही, अशक्त, अपांगता भएका र जेष्ठ नागरिक तथा गर्भवती-सुत्केरी महिलालाई लक्षित गरी यो सेवाको थालनी गरिएको बताउँदै वडाध्यक्ष गुरुङले यसलाई अल्पकालीन नभई दीर्घकालीन रूपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् । यो सेवाको निरन्तरताका लागि स्रोत व्यवस्थापनको काम जारी रहेको उनले बताए । सिटी सफारी सेवा सम्भवतः नेपालमै पहिलोपटक भएको दाबी गरे ।

यता, गाउँपालिका अध्यक्ष रायले यो सेवा केवल एउटा यातायात सुविधामात्र नभएर सुशासन, समावेशिता र मानवीय संवेदनशीलताको उदाहरण भएको बताए । वडाध्यक्षको पहलमा थालिएको यो सेवा पूर्ण रूपमा सफल भएमा वडाहरूमा पनि लागू गराउने उनले बाचा गरेका छन् ।
बर्जु-१ को यो साहसिक र संवेदनशील कदमले स्थानीय सरकारले न्यून बजेटमा पनि जनजीवन सहज बनाउन सक्छ भन्ने सन्देश दिएको छ । यसले जनताको सरकार, जनतासम्मै भन्ने अवधारणालाई व्यावहारिक रूपमा अँगालेको छ ।

प्रकाशित समय: शुक्रबार १८ ब‌ैशाख, २०८३, १७:४३:५९
पेस्तोल र १६ हजारभन्दा बढी ट्रामाडोलसहित चार जना पक्राउ
शुक्रबार १८ ब‌ैशाख, २०८३
संघर्षपूर्ण जित: नेपालले यूएईलाई ६ रनले हरायो
शुक्रबार १८ ब‌ैशाख, २०८३
नेपालमै पहिलोपटकः अब बर्जु-१ का सेवाग्राहीले फोन गर्नेबित्तिकै लिन आइपुग्छ सिटी सफारी, लाग्दैन कति पनि पैसा !
शुक्रबार १८ ब‌ैशाख, २०८३
अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेटवार्ता
शुक्रबार १८ ब‌ैशाख, २०८३
‘स्पष्ट बहुमत हुँदाहुँदै सरकार खतरनाक भ्रममा’ — गगन थापा
शुक्रबार १८ ब‌ैशाख, २०८३
घर भत्किएको हेर्न सक्दिनँ’ भनेका व्यक्ति मृत भेटिए
शुक्रबार १८ ब‌ैशाख, २०८३
अफ्रिकाका ५३ देशका लागि चीनको शून्य-कर घोषणा
शुक्रबार १८ ब‌ैशाख, २०८३
धनुषामा १३७ केजी गाँजासहित दुई जना पक्राउ
शुक्रबार १८ ब‌ैशाख, २०८३
अब साइट र बजेट सुनिश्चित नभई ठेक्का लगाउन नपाइने
शुक्रबार १८ ब‌ैशाख, २०८३
बुद्ध जयन्तीकै दिन बल्खुमा गुम्बा र मन्दिरमा डोजर
शुक्रबार १८ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०