बल्खु क्षेत्रमा पनि चल्यो डोजर: अनाधिकृत बस्ती हटाउने अभियान सुरु

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १८ ब‌ैशाख, २०८३
२ महिनाअघि

काठमाडौं । काठमाडौं महानगरपालिकाले बल्खु क्षेत्रमा अनाधिकृत रूपमा निर्माण गरिएका घर टहराहरू हटाउन डोजर चलाएको छ। वडा नम्बर १४ मा आज बिहानदेखि सुरु गरिएको उक्त अभियानमा सुरक्षाकर्मी र नगरप्रहरी परिचालन गरिएको छ।

डोजर चलिरहँदा केही बासिन्दाहरू आफ्ना सामान ओसारिरहेका देखिएका छन् भने कतिपयले आफ्नै घर भत्किँदै गरेको दृश्य विवश भएर हेर्नु परेको छ।

बल्खुसँगै वडा नम्बर ११ अन्तर्गत पर्ने वंशीघाट क्षेत्रमा पनि आजै डोजर चलाइएको छ। यसैगरी वडा नम्बर १५ को स्वयम्भु, वडा नम्बर १६ को बालाजु तथा वडा नम्बर ३ र २६ का सामाखुशी, खाडिपाखा र रानीबारी लगायतका अतिक्रमित क्षेत्रमा समेत अभियान सञ्चालन गरिने जनाएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार जारी गरेको सूचनाअनुसार वैशाख १८ बिहान ७ बजेदेखि एकैपटक बस्ती खाली गराउने अभियान सुरु गरिएको हो। नदी किनार तथा सार्वजनिक, सरकारी र निजी जग्गा अतिक्रमण गरी वर्षौँदेखि बसोबास गर्दै आएका बस्तीहरूलाई हटाउने निर्णय गरिएको प्रशासनले जनाएको छ।

प्रशासनका अनुसार, बस्ती हटाउने कार्य मानवीय उद्धार र सम्भावित विपद् जोखिम न्यूनीकरणलाई ध्यानमा राखेर गरिएको हो।

यसअघि सरकारले वैशाख १२ गतेदेखि थापाथली, गैरीगाउँ, सिनामंगल र मनोहरा क्षेत्रका सुकुमवासी बस्तीमा पनि डोजर चलाइसकेको छ। पछिल्ला दिनहरूमा माइकिङ सुरु भएपछि केही बासिन्दा भने अभियानअघि नै बस्ती छाडेर हिँड्न थालेका थिए।

प्रकाशित समय: शुक्रबार १८ ब‌ैशाख, २०८३, १०:३६:०१
अमेरिका–इरान शान्ति सम्झौता स्थगित, वार्ता अब प्राविधिक तहमा केन्द्रित
शुक्रबार ५ असार, २०८३
दुहवी नगरपालिकाले ल्यायो ९७ करोड ६६ लाख रुपैयाँको बजेट
बिहिबार ४ असार, २०८३
दोस्रो सगरमाथा संवाद-२०२७ मेमा हुने
बिहिबार ४ असार, २०८३
कृष्ण बहादुर महराले छाडे पार्टी
बिहिबार ४ असार, २०८३
आरजुलाई तीन दिनभित्र बयान दिन आउन अख्तियारले काट्यो चिठी
बिहिबार ४ असार, २०८३
नवप्रवर्तन मन्त्रालयका लागि स्वयंसेवक बन्न महावीर पुनको आह्वान
बिहिबार ४ असार, २०८३
ई-पासपोर्ट खरिद प्रकरणमा बयानका लागि जर्मन कम्पनीको प्रतिनिधिलाई बोलाइयो
बिहिबार ४ असार, २०८३
मनसुन विपदमा जनताको सुरक्षा पहिलो प्राथमिकता : गृहमन्त्री गुरुङ
बिहिबार ४ असार, २०८३
मडेइरादेखि विश्व फुटबलको शिखरसम्म रोनाल्डोको यात्रा
बिहिबार ४ असार, २०८३
रोनाल्डोलाई पछि पार्दै मेसी बने अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक ह्याट्रिककर्ता
बिहिबार ४ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०