सहकारी ठगीमा कडाइ: सम्बन्धविच्छेदपछि पनि परिवारकै सम्पत्ति जफत हुने व्यवस्था

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १७ ब‌ैशाख, २०८३
५ महिनाअघि

काठमाडौं। सहकारी ठगीमा संलग्न व्यक्तिहरूविरुद्ध कारबाही कडा बनाउँदै सरकारले सम्बन्धविच्छेद भइसकेका वा अंशबन्डा गरिसकेका व्यक्तिलाई समेत ‘परिवार’को दायरामा राख्ने व्यवस्था गरेको छ। सहकारी ऐन संशोधन गर्न बनेको अध्यादेशमार्फत यस्तो प्रावधान लागू गरिएको हो।

संशोधित व्यवस्थाअनुसार अब समस्याग्रस्त सहकारीका सदस्यका हकमा परिवारको परिभाषा फराकिलो बनाइएको छ। अंशबन्डा गरी अलग बसेका, मानो छुट्टिएका वा सम्बन्धविच्छेद भइसकेका सदस्यहरू पनि परिवारभित्रै पर्ने भएकाले उनीहरूको सम्पत्तिसमेत जफत गर्न सकिने कानुनी आधार तयार भएको छ।

Advertisement

सहकारी ऐन, २०७४ को दफा ८८ अनुसार लगातार दुई वर्षसम्म कारोबार नगरी निष्क्रिय रहने वा ऐन तथा नियमावलीविपरीत कार्य गर्ने सदस्यहरूलाई कारबाहीको दायरामा ल्याइनेछ। त्यस्तै, दफा १०४ बमोजिम समस्याग्रस्त घोषणा भएका वा लिक्विडेसन/खारेजीमा गएका सहकारी संस्थाका सदस्यहरूका सम्बन्धमा पनि विस्तारित परिवार अवधारणा लागू हुने व्यवस्था गरिएको छ।

अध्यादेशले ‘नातेदार’को परिभाषा पनि विस्तार गर्दै काका–काकी, भतिजा–भतिजी, नाति–नातिनी, मामा–माइजु, ज्वाईं, भान्जा–भान्जी, साला–साली, जेठान–जेठानी, फुपू–फुपाजु, सासु–ससुरा लगायतका नातेदारलाई समेटेको छ। साथै, सम्बन्धित सहकारी संस्थामा कार्यरत कर्मचारीलाई समेत सो परिभाषाभित्र राखिएको छ।

सरकारको यो कदमले सहकारी ठगी नियन्त्रण, रकम असुली तथा पीडितको संरक्षणमा प्रभावकारी हुने अपेक्षा गरिएको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण
मङ्गलबार २० असोज, २०८३
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०