जिउँदो व्यक्तिको मृत्यु दर्ता गरिदिएपछि फसे वडाध्यक्ष र सचिव

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १६ ब‌ैशाख, २०८३
२ महिनाअघि

जिउँदो व्यक्तिको मृत्यु दर्ता गरिदिएपछि फसे वडाध्यक्ष र वडा सचिवसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिउँदो व्यक्तिको मृत्यु दर्ता गरेको आरोपमा पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा ५ का वडाध्यक्ष प्रभुनाथ अहिर र वडा सचिव संजयकुमार चौधरीसहित चार जना पक्राउ परेका हुन् ।

Advertisement

पक्राउ परेका उनीहरूविरुद्ध जिल्ला अदालत नवलपरासीले पक्राउपुर्जी जारी गरेपछि प्रहरीले मंगलबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी वीरदत्त पन्तले जानकारी दिए ।

मृत्यु दर्ता गर्न झुटा विवरण पेस गर्ने नारायणी पारीको सुस्तागाउँ बस्ने ३१ वर्षीय तारिख मियाँ अन्सारी पक्राउ परिसकेका छन् ।

मियाँले वडा नम्बर ५ मा आफ्नो पिताको मृत्यु भएको भन्दै भाइ पर्ने अर्का ६६ वर्षीय व्यक्तिको गत वर्षको मङ्सिर ७ गते मृत्यु दर्ता गराएका थिए ।

मियाँको पिताको भने २०६० सालमै मृत्यु भइसकेको थियो । मृत्यु दर्ता भएको थाहा पाएपछि गत वर्षको चैत महिनामा मृत्यु दर्तामा नाम उल्लेख भएका वृद्धका छोराले प्रहरीमा जाहेरी दिएका थिए ।

त्यसलगत्तै अदालतमा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । मृत्यु दर्ताको मुचुल्कामा साक्षी बस्ने वर्ष ५५ का छोटे खाँ पनि पक्राउ परेका छन् ।

साक्षीमा हस्ताक्षर गर्ने बाँकी ७ जना फरार रहेको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ ।

राष्ट्रिय परिचयपत्र तथा पन्जीकरण ऐन, २०७६ को परिच्छेद ६ को ४१ (ग) र (च) बमोजिम झुट्टा विवरण पेसगरी मृत्यु दर्ता प्रमाणपत्र बनाएको कसुरमा पक्राउ परेको र आज अदालतबाट म्याद थप गरी थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०
गाँजा खेतीलाई वैधानिकता दिन विष्णुकुमारी सापकोटाको माग
शुक्रबार १९ असार, २०८३
धनगढीबाट बैतडीतर्फ जाँदै गरेको बस दुर्घटना
शुक्रबार १९ असार, २०८३
गोली हानेर प्रहरीले समात्यो भारतीय लागुऔषध कारोबारी
शुक्रबार १९ असार, २०८३
आधिकारिक विक्रेताबाहेक अन्यबाट औषधि खरिद–बिक्री नगर्न व्यवसायी संघको आग्रह
शुक्रबार १९ असार, २०८३
प्रधानमन्त्री शाहले बोलाए संवैधानिक परिषद्को बैठक
शुक्रबार १९ असार, २०८३
एमालेका पूर्वसांसद् कोइरी पक्राउ
शुक्रबार १९ असार, २०८३
पंखाको तार जोड्ने क्रममा करेन्ट लाग्दा कपिलवस्तुमा एक जनाको मृत्यु
शुक्रबार १९ असार, २०८३
‘२० घण्टा बितिसक्दा पनि सरकारले कर्णालीमा बेपत्ता नागरिकको उद्धार गर्न सकेन’
शुक्रबार १९ असार, २०८३
बालेन सरकारका सय दिने उपलब्धि शनिबार सार्वजनिक हुने
शुक्रबार १९ असार, २०८३
तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, विशेष अवस्थाका शिक्षकलाई छुट
शुक्रबार १९ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०