बर्जुमा गाउँ शिक्षा योजना तर्जुमा प्रक्रिया सुरु, पाँच वर्षे रणनीतिमा जोड

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १३ ब‌ैशाख, २०८३
२ महिनाअघि

सुनसरी – बर्जु गाउँपालिकाले शिक्षा क्षेत्रको दीर्घकालीन सुधारलाई लक्ष्य गर्दै गाउँ शिक्षा योजना (२०८३–२०८८) तर्जुमा प्रक्रिया अघि बढाएको छ।

गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा अमाहीबेल्हामा आयोजित सरोकारवालाहरूका लागि अभिमुखीकरण कार्यक्रम आइतबार (आज)सम्पन्न भएको हो।कार्यक्रमको समन्वय तथा व्यवस्थापनमा शिक्षा शाखा अधिकृत हेमराज दाहालको सक्रिय भूमिका रहेको थियो।

Advertisement

कार्यक्रममा सहजकर्ताका रूपमा सहभागी दुर्गा प्रसाद खतिवडा र डिल्लीराम अधिकारीले शिक्षा क्षेत्रको समग्र विकासका लागि योजनाबद्ध कार्य आवश्यक रहेको औंल्याए। उनीहरूले दीर्घकालीन योजना निर्माणमार्फत मात्रै गुणस्तरीय शिक्षा र दिगो सुधार सम्भव हुने धारणा राखे।

गाउँपालिकाले पाँच वर्षे शिक्षा योजना निर्माण गरी शिक्षा क्षेत्रमा नयाँ परिवर्तन ल्याउने लक्ष्य लिएको जनाएको छ। यसअघि २०७९ सालमा विद्यानन्द कोइरालाको नेतृत्वमा गरिएको समीक्षा तथा सुझावलाई समेत आधार बनाइएको बताइएको छ।

गाउँपालिकाका अध्यक्ष जीवछ कुमार रायले शिक्षा विकासका लागि योजनाबद्ध ढंगले अघि बढ्नुपर्नेमा जोड दिँदै योजना सफल कार्यान्वयनका लागि सबै पक्षबीच सहकार्य अपरिहार्य रहेको बताए।

त्यस्तै उपाध्यक्ष नितु कुमारी चौधरी, शिक्षा समितिका सदस्यहरू, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, प्रधानाध्यापक, शिक्षक, अभिभावक तथा अन्य सरोकारवालाहरूको कार्यक्रममा उल्लेख्य सहभागिता रहेको थियो।

सहभागीहरूले गाउँ शिक्षा योजना निर्माणले स्थानीय शिक्षा प्रणालीलाई अझ सुदृढ, व्यवस्थित र प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

१ अर्बको लगानीमा विराटनगरमा विश्वस्तरीय क्याम्पस, बीआईसीले ल्यायो दुई अन्तर्राष्ट्रिय कोर्स

शुक्रबार १२ असार, २०८३
१० घण्टाअघि

बर्जु–३ मा सिलाइ–बुनाइ तालिम सम्पन्न, महिलालाई आत्मनिर्भर बनाउन सिलाइ मेसिन हस्तान्तरण

शुक्रबार १२ असार, २०८३
१२ घण्टाअघि

स्याङ्जामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १८ घाइते

शुक्रबार १२ असार, २०८३
१३ घण्टाअघि

सुकुम्वासीलाई होल्डिङ सेन्टर खाली गर्न सात दिन म्याद थप

शुक्रबार १२ असार, २०८३
१४ घण्टाअघि

महामन्त्रीको दौडबाट किन पछि हटे खरेल ?

शुक्रबार १२ असार, २०८३
१६ घण्टाअघि

कांग्रेस महामन्त्री घिमिरे र कोइरालाबीच भेटवार्ता

शुक्रबार १२ असार, २०८३
१६ घण्टाअघि
१ अर्बको लगानीमा विराटनगरमा विश्वस्तरीय क्याम्पस, बीआईसीले ल्यायो दुई अन्तर्राष्ट्रिय कोर्स
शुक्रबार १२ असार, २०८३
बर्जु–३ मा सिलाइ–बुनाइ तालिम सम्पन्न, महिलालाई आत्मनिर्भर बनाउन सिलाइ मेसिन हस्तान्तरण
शुक्रबार १२ असार, २०८३
स्याङ्जामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १८ घाइते
शुक्रबार १२ असार, २०८३
सुकुम्वासीलाई होल्डिङ सेन्टर खाली गर्न सात दिन म्याद थप
शुक्रबार १२ असार, २०८३
महामन्त्रीको दौडबाट किन पछि हटे खरेल ?
शुक्रबार १२ असार, २०८३
कांग्रेस महामन्त्री घिमिरे र कोइरालाबीच भेटवार्ता
शुक्रबार १२ असार, २०८३
प्रतिनिधिसभाको बैठकको फेरि सर्‍यो
शुक्रबार १२ असार, २०८३
रंगेलीको आदर्श माविमा लागूऔषध दुर्व्यसनी तथा साइबर सुरक्षासम्बन्धी सचेतनामूलक कार्यक्रम
शुक्रबार १२ असार, २०८३
जर्मनीलाई हराउँदै इक्वाडर पहिलोपटक नकआउट चरणमा
शुक्रबार १२ असार, २०८३
भोक्राहामा विद्यार्थीलाई लक्षित गर्दै लागुऔषधविरुद्ध सचेतनामूलक कार्यक्रम
बिहिबार ११ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०