धनकुटामा अब घरमै राहदानी, हुलाकमार्फत सेवा सुरु

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १२ ब‌ैशाख, २०८३
२ महिनाअघि

धनकुटा। जिल्ला प्रशासन कार्यालय धनकुटाले सेवाग्राहीको राहदानी घरघरमै पुर्‍याउने व्यवस्था सुरु गरेको छ। जिल्ला प्रशासनले जिल्ला हुलाक कार्यालयसँग सम्झौता गरी तोकिएको शुल्क लिएर सेवाग्राहीको घरमै राहदानी पुर्‍याउने व्यवस्था गरेको हो।सरकारको शासकीय सुधार कार्यक्रमअन्तर्गत सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउने उद्देश्यले यो कार्यक्रम सुरु गरिएको प्रमुख जिल्ला अधिकारी बिनाेद कुमार खड्काले बताए।

मन्त्रिपरिषद्को गत चैत १३ गतेको बैठकले एक सय बुँदे शासकीय सुधार कार्यसूचीको बुँदा नम्बर २७ मा सरकारी सेवा घरमै उपलब्ध गराउने व्यवस्था उल्लेख गरिएको छ।

Advertisement

प्रशासन र हुलाक कार्यालयबीच सम्झौता गरी राहदानी भर्न आउने सेवाग्राहीलाई कार्यालयमै लिन आउने कि घरमै ल्याइदिनु भनेर सोधिने र घरमै ल्याइदिन चाहनेलाई छुट्टै फारम भराइ सोही ठेगानामा राहदानी पुर्‍याइने प्रमुख जिल्ला अधिकारी खड्काले जानकारी दिए।

घरमै राहदानी लिन चाहने सेवाग्राहीलाई हुलाक महसुल शुल्क भने लाग्नेछ। सेवाग्राहीले अतिरिक्त फारममा विस्तृत ठेगाना भरेपछि हुलाकको रजिस्टर नम्बर भएको रसिद उपलब्ध गराइने जिल्ला हुलाक कार्यालयका सूचना अधिकारी ईश्वर श्रेष्ठले बताए।

उनका अनुसार राहदानीको तौलअनुसार ५५ रुपैयाँ शुल्क लाग्नेछ। त्यसपछि खाममा नाम–ठेगाना लेखी ५५ रुपैयाँ बराबरको टिकट टाँसेर काठमाडौंबाट राहदानी बनेर आएपछि घरमै पुर्‍याइनेछ।

यस सेवाका लागि हुलाक कार्यालयले एक जना कर्मचारी जिल्ला प्रशासनमै खटाउने तयारी गरेको छ। यो सेवा वैशाख १४ गते सोमबारदेखि राहदानी फारम भर्ने सेवाग्राहीका लागि लागू हुने भएको छ।

सोमबारभन्दा अघि फारम भरिसकेका सेवाग्राहीको हकमा भने हुलाक दस्तुर असुल्न समस्या हुने भएकाले यो सेवा लागू नहुने जनाइएको छ।तीन नगरपालिका र चार गाउँपालिका रहेको धनकुटाका ६० वटा वडामा सर्वसाधारणले सोमबारदेखि हुलाक सेवामार्फत राहदानी पाउने व्यवस्था प्रभावकारी हुने अपेक्षा गरिएको छ।

घरमै सेवा उपलब्ध हुँदा सेवाग्राहीलाई कार्यालय धाउनुपर्ने झन्झट घट्ने, लाइन बस्नुपर्ने समस्या कम हुने तथा समय र खर्च दुवै बचत हुने विश्वास गरिएको छ। विशेषगरी ग्रामीण क्षेत्रका नागरिकका लागि यो सेवा उपयोगी हुने देखिएको छ।

घरघरमै राहदानी वितरणसँगै हुलाक सेवा सरकारी कुरियर सेवाका रूपमा विकास हुने जिल्ला हुलाक कार्यालय धनकुटाका प्रमुख रामकुमार श्रेष्ठले बताए। उनले सरकारले घोषणा गरेको सेवालाई अझ प्रभावकारी बनाउन सक्रिय रूपमा लागिपर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

१ अर्बको लगानीमा विराटनगरमा विश्वस्तरीय क्याम्पस, बीआईसीले ल्यायो दुई अन्तर्राष्ट्रिय कोर्स

शुक्रबार १२ असार, २०८३
११ घण्टाअघि

बर्जु–३ मा सिलाइ–बुनाइ तालिम सम्पन्न, महिलालाई आत्मनिर्भर बनाउन सिलाइ मेसिन हस्तान्तरण

शुक्रबार १२ असार, २०८३
१३ घण्टाअघि

स्याङ्जामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १८ घाइते

शुक्रबार १२ असार, २०८३
१४ घण्टाअघि

सुकुम्वासीलाई होल्डिङ सेन्टर खाली गर्न सात दिन म्याद थप

शुक्रबार १२ असार, २०८३
१५ घण्टाअघि

महामन्त्रीको दौडबाट किन पछि हटे खरेल ?

शुक्रबार १२ असार, २०८३
१७ घण्टाअघि

कांग्रेस महामन्त्री घिमिरे र कोइरालाबीच भेटवार्ता

शुक्रबार १२ असार, २०८३
१७ घण्टाअघि
१ अर्बको लगानीमा विराटनगरमा विश्वस्तरीय क्याम्पस, बीआईसीले ल्यायो दुई अन्तर्राष्ट्रिय कोर्स
शुक्रबार १२ असार, २०८३
बर्जु–३ मा सिलाइ–बुनाइ तालिम सम्पन्न, महिलालाई आत्मनिर्भर बनाउन सिलाइ मेसिन हस्तान्तरण
शुक्रबार १२ असार, २०८३
स्याङ्जामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १८ घाइते
शुक्रबार १२ असार, २०८३
सुकुम्वासीलाई होल्डिङ सेन्टर खाली गर्न सात दिन म्याद थप
शुक्रबार १२ असार, २०८३
महामन्त्रीको दौडबाट किन पछि हटे खरेल ?
शुक्रबार १२ असार, २०८३
कांग्रेस महामन्त्री घिमिरे र कोइरालाबीच भेटवार्ता
शुक्रबार १२ असार, २०८३
प्रतिनिधिसभाको बैठकको फेरि सर्‍यो
शुक्रबार १२ असार, २०८३
रंगेलीको आदर्श माविमा लागूऔषध दुर्व्यसनी तथा साइबर सुरक्षासम्बन्धी सचेतनामूलक कार्यक्रम
शुक्रबार १२ असार, २०८३
जर्मनीलाई हराउँदै इक्वाडर पहिलोपटक नकआउट चरणमा
शुक्रबार १२ असार, २०८३
भोक्राहामा विद्यार्थीलाई लक्षित गर्दै लागुऔषधविरुद्ध सचेतनामूलक कार्यक्रम
बिहिबार ११ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०