काठमाडौं – राजधानीको गैरीगाउँस्थित नदी किनारका सुकुम्बासी बस्तीमा बनेका संरचना हटाउने काम सुरु गरिएको छ। शनिबार बिहानदेखि सरकारले उपत्यकाका मुख्य सुकुम्बासी बस्ती खाली गराउने अभियान तीव्र बनाएको हो।
यसअघि थापाथली क्षेत्रका बस्ती हटाइसकिएको छ भने अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र काठमाडौं महानगरपालिका को संयुक्त टोलीले गैरीगाउँमा संरचना हटाइरहेको छ।
यसैबीच, थापाथली क्षेत्रका केही सुकुम्बासीहरू सरकारको सम्पर्कमा आउन थालेका छन्। शनिबार दिउँसोसम्म २२ परिवारले आफूहरू घरवारविहीन भएको जानकारी दिँदै सरकारी टोलीसमक्ष विवरण बुझाएका छन्।
सरकारले बस्ती हटाउनेसँगै प्रभावित परिवारको तथ्यांक संकलन र व्यवस्थापन प्रक्रिया अघि बढाउने जनाएको छ।