हरिनगरका ५० भन्दा बढी नागरिक बने विपद् योद्धा

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ११ ब‌ैशाख, २०८३
४ घण्टाअघि

विराटनगर । हरिनगर गाउँपालिकाले आफ्ना ५० भन्दा बढी नागरिकलाई विपद् योद्धा बनाउन चार दिने सामुदायिक विपद् प्रतिकार्य तालिम आयोजना गरेको छ ।

आगलागी, बाढी र डुबानजस्ता विपद् घटनाहरूको रोकथाम तथा व्यवस्थापनसम्बन्धी सैद्धान्तिक र व्यावहारिक दुवै पक्षमा पालिकाले चार दिने तालिम आयोजना गरेको हो ।

मंगलबारदेखि सुरु भएको तालिममा विशेष गरी आगलागीको अवस्थामा उद्धार गर्ने तरिका, आगो नियन्त्रणका प्रारम्भिक उपाय तथा आपतकालीन सावधानीहरूबारे प्रत्यक्ष प्रदर्शन (डेमो) समेत गरिएको थियो ।

सहभागीहरूलाई आगो निभाउने उपकरण चलाउन, सुरक्षित उद्धार प्रक्रिया अपनाउन तथा तत्कालीन प्रतिकार्यका उपायहरू अभ्यास गराइएको थियो, जसमा प्रशिक्षार्थीहरूले केवल कक्षाकोठाको ज्ञान नभई हात हालेर सिक्ने अवसर पाएका थिए ।

समापन कार्यक्रमका बोल्दै हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले विपद् व्यवस्थापनमा समुदायको सक्रिय भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको बताए । सरकारी निकाय आइपुग्नुभन्दा पहिले नै समुदाय विपद्का लागि आफैँ तयार हुनुपर्ने उनको धारणा छ ।

कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत रोहिनी आचार्य, लघुउद्यम शाखाका राजकुमार मेहता, भुटाहा प्रहरी चौकीका प्रहरी हवल्दार, सेनानी रुपक राई तथा ज्येष्ठ सेनानीहरूको विशेष उपस्थिति रहेको थियो ।

शुक्रबार आयोजित तालिमको समापन समारोहमा सबै सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । यो तालिमले आफूहरूलाई ज्ञानमात्र नभएर आफ्नो समुदाय आफैँ जोगाउने आत्मविश्वास पनि दिएको प्रशिक्षार्थीले बताएका छन् ।

प्रकाशित समय: शुक्रबार ११ ब‌ैशाख, २०८३, १६:०९:०२
बाढी कुर्दै बस्ने दिन सकियो, सुकुम्बासी व्यवस्थापन अनिवार्य: बालेन
शुक्रबार ११ ब‌ैशाख, २०८३
तनहुँमा बस दुर्घटना : २७ जना घाइते
शुक्रबार ११ ब‌ैशाख, २०८३
अव्यवस्थित बस्ती हटाउन सरकारको ११ बुँदे कार्ययोजना, समन्वयदेखि बसोबाससम्म व्यवस्था
शुक्रबार ११ ब‌ैशाख, २०८३
सरकारले विपिन जोशीको परिवारलाई १० लाख दिने
शुक्रबार ११ ब‌ैशाख, २०८३
एमालेको प्रमुख सचेतकमा एन महर
शुक्रबार ११ ब‌ैशाख, २०८३
हरिनगरका ५० भन्दा बढी नागरिक बने विपद् योद्धा
शुक्रबार ११ ब‌ैशाख, २०८३
क्रिकेटर आदिल आलम मोटरसाइकल दुर्घटनामा घाइते
शुक्रबार ११ ब‌ैशाख, २०८३
झ्यालमा समस्या देखिएपछि बुद्ध एयरको उडान रद्द
शुक्रबार ११ ब‌ैशाख, २०८३
कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन
शुक्रबार ११ ब‌ैशाख, २०८३
मोरङमा ‘स्वीप अपरेशन’ : ७२ जना नियन्त्रणमा
शुक्रबार ११ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०