काठमाडौं – काठमाडौं जिल्ला अदालतले सम्पत्ति शुद्धिकरण मुद्दामा व्यापारी दीपक भट्ट सहितका आरोपितलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ।
जिल्ला न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले अनुसन्धान जारी राख्न म्याद थप गरेको हो। यो निर्णय सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको निवेदनपछि बुधबार गरिएको हो।
अदालतका अनुसार अनुसन्धान अन्तिम चरणमा पुगेको भए पनि बीमा ऐन र धितोपत्र ऐनअन्तर्गतका थप कसूरको अनुसन्धान, राय प्रतिवेदन तयार पार्ने तथा अभियोगपत्र दायर गर्न अझ समय आवश्यक भएकाले म्याद थप गरिएको हो।
उक्त मुद्दामा सुलभ अग्रवाल समेत संलग्न छन्। साथै, वरिष्ठ अधिवक्ताहरू कृष्ण प्रसाद सापकोटा, सविता भण्डारी वराल, लभ कुमार मैनाली र सुरेन्द्र कुमार महतोले बहस गरेका थिए।