विराटनगर । यातायात व्यवस्था विभागले विद्युतीय सवारी साधन (इभी)को भाडा नबढाउन निर्देशन दिएको छ।
विश्वभर पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै नेपालमा पनि सार्वजनिक सवारीसाधनको भाडा समायोजन लागू भएको जानकारी गराउँदै सोही अनुसार सेवा सञ्चालन गर्न निर्देशन दिएको हो।
विभागले एक सूचना जारी गर्दै इभीको पुरानै भाडा दर यथावत राख्न र भाडा बढाएर लिने गरेको पाइएमा आवश्य कारबाही गर्ने चेतावनीसमेत दिएको छ।
