काठमाडौँ – प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता सुदन किराती ले पार्टीको साधारण सदस्य पदबाट राजीनामा दिएका छन्।
उनले आज फेसबुकमार्फत करिब ५ महिनासम्मको आफ्नो पार्टी यात्रा टुङ्गिएको जानकारी दिएका हुन्।
किरातीले यस अवधिमा साथ दिने नेताहरू, सहकर्मीहरू र कर्मचारीप्रति धन्यवाद व्यक्त गरेका छन्। उनले पार्टीमा बिताएको समयलाई महत्वपूर्ण अनुभवका रूपमा लिएको बताएका छन्।
उनका अनुसार, पार्टीसँगको औपचारिक सम्बन्ध अन्त्य भए पनि आपसी सम्मान र सम्बन्ध भने कायम रहनेछ।
साथै, उनले देश र जनताको सेवाबाट पछि नहट्ने प्रतिबद्धता व्यक्त गर्दै भविष्यको राजनीतिक यात्रा चुनौतीपूर्ण भए पनि निरन्तर अघि बढ्ने बताएका छन्।