बिराट किचनले पायो खाद्य स्वच्छता स्तरको सर्वोच्च ‘क’ वर्ग

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ८ ब‌ैशाख, २०८३
३ महिनाअघि

विराटनगर। मोरङको बुढीगंगा गाउँपालिका-२ स्थित बिराट मेडिकल कलेज टिचिङ हस्पिटलको क्यान्टिनका रूपमा सञ्चालित बिराट किचनले खाद्य स्वच्छता स्तरमा सर्वोच्च श्रेणी (क) वर्ग अर्थात् अति उत्तम हासिल गरेको छ।खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले आज (मंगलबार) गरेको अनुगमनमा बिराट किचनले उक्त उपलब्धि हासिल गरेको हो।

होटल एसोसिएसन कोशी प्रदेशका सचिव पूर्ण प्रसाद भट्टराईको संयोजकत्वमा गठित ७ सदस्यीय टोलीले अनुगमन सम्पन्न गरेको थियो। टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयकी प्रकृति वस्ती, राष्ट्रिय उपभोक्ता संघकी शोभा निरौला, बिराटनगर महानगरपालिकाका कृष्णप्रसाद पोखरेल, पर्यटन व्यवसायी सरोज पौडेल, बुढीगंगा गाउँपालिका-२ का वडा सदस्य मिना विश्वास र सहायक हवलदार सुजन प्रधान सम्मिलित थिए। अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयकी अप्सरा संग्रौला, हस्पिटलका प्रमुख प्रशासकीय अधिकृत प्रमेशराज देवकोटा र बिराट किचनका सञ्चालक रविकान्त साहको समेत उपस्थिति रहेको थियो।

अनुगमन संयोजक तथा होटल एसोसिएसन कोशी प्रदेशका सचिव भट्टराईले बिराट किचनमा खाद्य गुणस्तर, सरसफाइलगायत सम्पूर्ण पक्षहरू पूर्णतः व्यवस्थित रहेको पाइएको बताए।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले खाद्य स्वच्छता स्तरलाई (क) अति उत्तम, (ख) उत्तम, (ग) सन्तोषजनक र (घ) सामान्य गरी चार वर्गमा वर्गीकरण गर्दछ। यसमध्ये सर्वोच्च वर्ग हासिल गर्नु बिराट किचनका लागि उल्लेखनीय उपलब्धि मानिएको छ।

बिरामी, तिनका परिवारजन, अस्पताल कर्मचारी तथा आगन्तुकहरूलाई ताजा, पौष्टिक र स्वादिष्ट भोजन उपलब्ध गराउँदै आएको बिराट किचनमा हाल ६ जना विशेषज्ञ डाइटिसियन कार्यरत रहेका छन्। बिराट किचनका सञ्चालक रविकान्त साहका अनुसार डाइटिसियनहरूले प्रत्येक बिरामीको स्वास्थ्य अवस्था, उपचार प्रोटोकल र व्यक्तिगत रुचिलाई ध्यानमा राखी खाना योजना तयार गर्छन्। “हाम्रो लक्ष्य केवल भोक मेटाउने मात्र होइन, बिरामीहरूको शीघ्र स्वास्थ्यलाभमा योगदान पुर्‍याउने पनि हो,” उनले बताए।

हस्पिटलका प्रमुख प्रशासकीय अधिकृत प्रमेशराज देवकोटाले हस्पिटल परिसरभित्रै सुलभ मूल्यमा गुणस्तरीय खाना उपलब्ध हुने भएकाले बिरामी र तिनका परिवारजनलाई बाहिरी रेस्टुरेन्टमा जानुपर्ने बाध्यता नरहेको बताए। अन्तर्राष्ट्रिय स्वच्छता मापदण्डको कडाइका साथ पालना गर्दै आएको बिराट किचनले यस उपलब्धि मार्फत अस्पतालभित्रको खानपान सेवाको एक नयाँ मापदण्ड स्थापित गरेको छ।

प्रकाशित समय: मङ्गलबार ८ ब‌ैशाख, २०८३, १७:४४:३०

सम्बन्धित खबर

देवानगञ्जमा फेरि भिडन्त : दुवै पक्ष हातहतियार सहित निस्किए 

मङ्गलबार १२ साउन, २०८३
३ घण्टाअघि

सुनसरीको मुख्य राजमार्ग क्षेत्रमा कर्फ्यू

मङ्गलबार १२ साउन, २०८३
७ घण्टाअघि

कप्तानगञ्ज घटनापछि तनाव झन् बढ्यो : कर्फ्युका बीच लुटपाट, आगजनी र राजमार्ग अवरुद्ध

मङ्गलबार १२ साउन, २०८३
१० घण्टाअघि

कप्तानगञ्ज घटनाको प्रभाव विराटनगरमा : महानगरले बिदा नदिए पनि विद्यालय बन्द

मङ्गलबार १२ साउन, २०८३
१३ घण्टाअघि

सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, आजदेखि अनशन अन्त्य

सोमबार ११ साउन, २०८३
१ दिनअघि

कप्तानगञ्ज घटनापछि गृहको कदम : सीडीओसहित सुरक्षा प्रमुख फेरिए, छानबिन समिति गठन

सोमबार ११ साउन, २०८३
१ दिनअघि
देवानगञ्जमा फेरि भिडन्त : दुवै पक्ष हातहतियार सहित निस्किए 
मङ्गलबार १२ साउन, २०८३
सुनसरीको मुख्य राजमार्ग क्षेत्रमा कर्फ्यू
मङ्गलबार १२ साउन, २०८३
कप्तानगञ्ज घटनाप्रति राप्रपाको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कारबाही र सर्वपक्षीय छानबिन समितिको माग
मङ्गलबार १२ साउन, २०८३
कप्तानगञ्ज घटनापछि तनाव झन् बढ्यो : कर्फ्युका बीच लुटपाट, आगजनी र राजमार्ग अवरुद्ध
मङ्गलबार १२ साउन, २०८३
कप्तानगञ्ज घटनाको प्रभाव विराटनगरमा : महानगरले बिदा नदिए पनि विद्यालय बन्द
मङ्गलबार १२ साउन, २०८३
सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, आजदेखि अनशन अन्त्य
सोमबार ११ साउन, २०८३
देवानगञ्ज घटनामा निष्पक्ष छानबिन र सामाजिक सद्भाव कायम गर्न मानव अधिकार आयोगको अपिल
सोमबार ११ साउन, २०८३
कप्तानगञ्ज घटनापछि गृहको कदम : सीडीओसहित सुरक्षा प्रमुख फेरिए, छानबिन समिति गठन
सोमबार ११ साउन, २०८३
देवानगञ्ज घटनाको विरोधमा राजविराजमा प्रदर्शन, टायर बालेर न्यायको माग
सोमबार ११ साउन, २०८३
सुनसरीको कप्तानगञ्ज झडप छानबिन गर्न समिति गठन,अवस्था तनावपूर्ण
सोमबार ११ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०