विराटनगर । हाल नेपालमा पश्चिमी र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ ।
देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने छ भने तराईतराई भू-भागमा मौसम मूख्यतया सफा रहनेछ । आज दिउँसो हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन,चट्याङसहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ ।
मधेस प्रदेशलगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरूमा तातो दिन हुने सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज राति हिमाली भू-भागमा आंशिक बादल लाग्ने र पहाडी र तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको