आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी: अमेरिकाविरुद्ध नेपालको पहिलो खेल आज

शब्द एक्स्प्रेस संवाददाता
शनिवार ५ ब‌ैशाख, २०८३
४ महिनाअघि
काठमाडौं । ‘ICC Women’s Challenge Trophy 2026′ अन्तर्गत नेपालले आज आफ्नो पहिलो खेल अमेरिकासँग खेल्दै छ। खेल गहङ्गा अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम, किगालीमा साँझ पौने ५ बजेदेखि सुरु हुनेछ।

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल महिला राष्ट्रिय क्रिकेट टोलीले अमेरिका महिला क्रिकेट टोली सँग पहिलोपटक प्रतिस्पर्धा गर्न लागेको हो। यसअघि नेपालले अभ्यास खेल खेले पनि त्यसले टी–२०आई मान्यता पाएको थिएन।

अप्रिल १८ देखि मे १ सम्म सञ्चालन हुने प्रतियोगितामा आयोजक रुवान्डा महिला क्रिकेट टोली सहित नेपाल, अमेरिका, इटाली महिला क्रिकेट टोलीभानुआतु महिला क्रिकेट टोली सहभागी छन्। सबै टोलीले एक–अर्कासँग दुई–दुई पटक खेल्ने (डबल राउण्ड रोबिन) प्रणाली रहेको छ र सबैभन्दा बढी अंक ल्याउने टोली च्याम्पियन बन्नेछ।

नेपाल महिला टोली पहिलोपटक रुवान्डामा खेल्न लागेको हो। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले एसोसिएट राष्ट्रहरूलाई अवसर दिन पहिलोपटक यो प्रतियोगिता आयोजना गरेको हो।

वरियताअनुसार सहभागी पाँच टोलीमध्ये नेपाल २१औँ स्थानमा रहेर शीर्ष स्थानमा छ। त्यसपछि इटाली (२३औँ), अमेरिका (२४औँ), रुवान्डा (२५औँ) र भानुआतु (३०औँ) स्थानमा छन्।

नेपालले दोस्रो खेल आइतबार (६ वैशाख) इटालीसँग खेल्नेछ भने त्यसपछि क्रमशः रुवान्डा, भानुआतु र पुनः अमेरिका लगायत टोलीसँग खेल्दै प्रतियोगिता अगाडि बढाउनेछ।

प्रकाशित समय: शनिवार ५ ब‌ैशाख, २०८३, १०:०१:४५
हलभित्र फिल्म रेकर्ड नगर्न चलचित्र विकास बोर्डको आग्रह
आईतबार १७ साउन, २०८३
निम्स दाइको निधनमा गाउँपालिकाद्वारा शोक बिदा घोषणा
आईतबार १७ साउन, २०८३
इरानमाथिको आक्रमण स्थगित गरेको ट्रम्पको दाबी
आईतबार १७ साउन, २०८३
जीवन विकास सामुदायिक अस्पतालमा रक्तदान, ५४ युनिट रगत संकलन
आईतबार १७ साउन, २०८३
विश्व स्तनपान सप्ताह आजदेखि सुरु
शनिवार १६ साउन, २०८३
सुनसरीमा कर्फ्यु हट्यो, विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी
शनिवार १६ साउन, २०८३
गणेश यादवको परिवारलाई औरही गाउँपालिकाले १० लाख दिने
शुक्रबार १५ साउन, २०८३
भ्रामक सूचना नफैलाउन प्रहरीको आग्रह
शुक्रबार १५ साउन, २०८३
धनुषामा मृत भेटिएका पुरुषको घटनालाई धार्मिक विवादसँग नजोड्न प्रहरीको आग्रह
शुक्रबार १५ साउन, २०८३
कुवेतमा ड्रोन आक्रमणमा परी एक नेपालीको मृत्यु
शुक्रबार १५ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०