कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया अघि बढ्दै, सांसदहरू छलफलमा बोलाइए

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ४ ब‌ैशाख, २०८३
३ घण्टाअघि

काठमाडौंनेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि सांसदहरूलाई छलफलमा बोलाएको छ।संसदीय दलको नेता चयनका लागि गठन गरिएको निर्वाचन समितिले आज दिउँसो ३ बजे बैठक बोलाएको हो। बैठक सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा बस्नेछ।

कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ निर्वाचन समितिका संयोजक हुन्। उनले प्रत्यक्ष तथा समानुपातिकतर्फ निर्वाचित सांसदहरूलाई छलफलका लागि बोलाएका हुन्।

सांसद भरतबहादुर खड्काले बैठकको एजेण्डा स्पष्ट नभए पनि संसदीय दलको नेता चयनकै विषयमा छलफल हुने अनुमान गरिएको बताए। खड्का स्वयं पनि दलको नेताका आकांक्षीमध्ये एक हुन्।

यसअघि उनलाई सार्वजनिक लेखा समितिको सर्वसम्मत उम्मेदवार बनाइएको छ र उक्त समितिको सभापति बन्ने लगभग निश्चित भएको छ।

कांग्रेसभित्र संसदीय दलको नेताका लागि भीष्मराज आङ्देम्बे, अर्जुननरसिंह केसी, मोहन आचार्य, निश्कल राई लगायतका नाम चर्चामा छन्।

यसअघि समितिले २ गते कार्यतालिका प्रकाशन, ३ गते सर्वसम्मतिको प्रयास र ४ चैतमा नेता चयन गर्ने तयारी रहेको जनाएको थियो। तर, हालसम्म औपचारिक कार्यतालिका सार्वजनिक भएको छैन।

प्रकाशित समय: शुक्रबार ४ ब‌ैशाख, २०८३, १३:२२:१७
सर्वोच्चको अनधिकृत पत्र लेख्ने विष्टलाई ६ महिना कैद सजाय
शुक्रबार ४ ब‌ैशाख, २०८३
कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया अघि बढ्दै, सांसदहरू छलफलमा बोलाइए
शुक्रबार ४ ब‌ैशाख, २०८३
विराटनगरबाट ब्राउन सुगरसहित दुई जना पक्राउ
शुक्रबार ४ ब‌ैशाख, २०८३
रोहितको कप्तानीमा लिग २ खेल्ने टीम घोषणा
शुक्रबार ४ ब‌ैशाख, २०८३
सुनसरीमा गैँडाको खागसहित चार जना पक्राउ
शुक्रबार ४ ब‌ैशाख, २०८३
ढल्केबरस्थित जनकपुर रिफाइनरीमा आगलागी, १५ करोड क्षति
शुक्रबार ४ ब‌ैशाख, २०८३
आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने पर्व
शुक्रबार ४ ब‌ैशाख, २०८३
विराट गोल्ड कप : चर्च ब्वाइजलाई स्तब्ध पार्दै घरेलु टोली सम्राट फाइनलमा
बिहिबार ३ ब‌ैशाख, २०८३
ऊर्जा क्षेत्रमा सुधारका लागि मन्त्री श्रेष्ठका ३२ बुँदे निर्देशन
बिहिबार ३ ब‌ैशाख, २०८३
सम्पति छानबिनबाट रास्वपाका नेता पनि अछुतो नरहने रबिको प्रष्टोक्ति
बिहिबार ३ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०