ऊर्जा क्षेत्रमा सुधारका लागि मन्त्री श्रेष्ठका ३२ बुँदे निर्देशन

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ३ ब‌ैशाख, २०८३
५ महिनाअघि
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा तथा जलस्रोत क्षेत्र सुधार गर्न ३२ बुँदे निर्देशन जारी गरेका छन्।ऊर्जा क्षेत्रको संरचनात्मक सुधार, पारदर्शिता अभिवृद्धि तथा कार्यसम्पादनलाई नतिजामुखी बनाउने उद्देश्यसहित विस्तृत कार्ययोजना र समयसीमासहित सम्बन्धित निकायलाई निर्देशन दिइएको हो।

निर्देशनमा विद्युत् बजार सुधारदेखि सिँचाइ प्रणाली सुदृढीकरणसम्मका बहुआयामिक विषय समेटिएका छन्। मन्त्रालयले सबै योजना तोकिएको समयभित्र कार्यान्वयन गर्न स्पष्ट जिम्मेवारी निर्धारण गर्नुका साथै नियमित अनुगमन गर्ने जनाएको छ।

विद्युत् क्षेत्र सुधारतर्फ विद्युत् नियमन आयोग लाई ‘ओपन एक्सेस’ प्रणाली कार्यान्वयनका लागि ३० दिनभित्र ‘ह्विलिङ चार्ज’ निर्धारण गर्न निर्देशन दिइएको छ। यसले निजी र सार्वजनिक क्षेत्रबीच प्रतिस्पर्धात्मक विद्युत् कारोबारको मार्ग खोल्ने अपेक्षा गरिएको छ।

Advertisement

यस्तै, नेपाल विद्युत् प्राधिकरण लाई सबै पीपीए (विद्युत् खरिद सम्झौता) सम्बन्धी विवादहरूको सूची तथा समाधानका विकल्पसहित प्रतिवेदन पेस गर्न भनिएको छ। सञ्चालनमा रहेका, ढिलाइ भएका र जोखिममा रहेका आयोजनाहरूको वर्गीकरण गरी विस्तृत विवरण बुझाउन निर्देशन दिइएको छ।

जलाशययुक्त आयोजनामा निजी क्षेत्र आकर्षित गर्न अनुमतिपत्र अवधि ५० वर्ष कायम गर्ने नीति ल्याइने भएको छ। साथै, विद्युत् विकास विभागलाई ६० दिनभित्र सबै जलविद्युत् आयोजनाको अनुमतिपत्र विवरण सार्वजनिक गर्न निर्देशन दिइएको छ।

नयाँ आयोजना अघि बढाउँदा ‘ग्रिड इभ्याकुएसन’ पूर्वाधार अनिवार्य बनाइएको छ, जसअनुसार प्रसारण लाइन र सबस्टेसन क्षमता सुनिश्चित भएपछि मात्र निर्माण अनुमति दिइनेछ।

आर्थिक पारदर्शिताका लागि जलविद्युत् रोयल्टी संकलन र वितरणसम्बन्धी प्रतिवेदन सार्वजनिक गरिनेछ। साथै, ‘कार्बन रेभिन्यु युनिट’ स्थापना गरी कार्बन व्यापार व्यवस्थापन गर्ने योजना अघि सारिएको छ।

ऊर्जा क्षेत्रको आधुनिकीकरणका लागि एआई च्याटबटमार्फत उपभोक्ता गुनासा समाधान गर्ने, ‘ग्रिन हाइड्रोजन’ पाइलट परियोजना अघि बढाउने तथा विद्युत् खपत बढाउन राष्ट्रिय योजना तयार गर्ने व्यवस्था पनि गरिएको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

होर्मुज जलमार्ग खोल्ने इरानको सातदिने प्रस्ताव, ट्रम्पले अस्वीकार गरेको रिपोर्ट
शनिवार १० असोज, २०८३
विराटनगरमा असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन हुने
शनिवार १० असोज, २०८३
‘धुन्चे, स्याफ्रुबेंसी, टिमुरे, बेत्रावतीलगायतका क्षेत्रमा बस्ती बसाल्न सम्भव छैन’
शनिवार १० असोज, २०८३
मधेस र कोशी सरकारबिच आर्थिक सहकार्यको समझदारी
शनिवार १० असोज, २०८३
अभ्यास खेलका लागि भुटानको क्रिकेट टोली नेपालमा
शनिवार १० असोज, २०८३
नारायणीको बाढीले सुस्तामा डेढ सयभन्दा बढी घर डुबानमा, १६३ जनाको उद्धार
शनिवार १० असोज, २०८३
लगातारको वर्षापछि सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक
शनिवार १० असोज, २०८३
रसुवा बाढी: ५ हजारभन्दा बढी अझै सम्पर्कविहीन
शनिवार १० असोज, २०८३
जापानसँगको खेल वर्षाका कारण नतिजाविहीन, नेपाल समूह विजेता
शनिवार १० असोज, २०८३
सुस्तामा नारायणीको बाढी, १६५ परिवार प्रभावित
शनिवार १० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०