दाइजो लिने–दिने विवाहमा सहभागी नहुने उपसभामुख ठाकुरको घोषणा

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ३ ब‌ैशाख, २०८३
३ महिनाअघि

काठमाडौँ । उपसभामुख रुवि कुमारी ठाकुरले दाइजो लेनदेन हुने विवाहका कार्यक्रममा आफू सहभागी नहुने घोषणा गरेकी छन्। समाजमा अझै पनि दाइजो प्रथा गम्भीर कुरीतिका रूपमा कायम रहेको उल्लेख गर्दै उनले यस्तो अभ्यासलाई सामाजिक र कानुनी रूपमा दण्डनीय अपराधको रूपमा व्याख्या गरेकी छन्।

हालै आफूले प्राप्त गरेका विवाहका निमन्त्रणापत्रहरूमा ‘दहेजमुक्त विवाह’ भन्ने उल्लेख नभएको पाइएपछि उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेकी हुन्। “दाइजो लिनु र दिनु मात्र होइन, लेनदेनमा आधारित विवाह स्वीकार गर्नु, त्यस्ता कार्यक्रममा सहभागी हुनु वा भोज ग्रहण गर्नु पनि सामाजिक रूपमा अस्वीकार्य छ,” उनले उल्लेख गरेकी छन्, “यस्तो प्रथाले महिलाको सम्मान, समानता र अधिकारमाथि प्रत्यक्ष आघात पुर्‍याउँछ।”

Advertisement

उपसभामुख ठाकुरले समाज परिवर्तनको सुरुवात आफैँबाट गर्नुपर्नेमा जोड दिँदै दाइजो भएको विवाहमा आफू उपस्थित हुन नसक्ने स्पष्ट पारेकी छन्। साथै, विवाहको निमन्त्रणापत्र पठाउँदा ‘दहेजमुक्त विवाह’ भन्ने सन्देश स्पष्ट रूपमा समावेश गर्न सबैलाई आग्रह गरेकी छन्।

“विवाह निमन्त्रणापत्रमा ‘दहेजमुक्त विवाह, दाइजो लिनु र दिनु सामाजिक तथा कानुनी अपराध हो’ भन्ने सन्देश राख्न हार्दिक अनुरोध गर्दछु,” उनले आह्वान गरेकी छन्, “आउनुहोस्, हामी सबै मिलेर दाइजोमुक्त समाज निर्माणतर्फ ठोस पाइला चालौँ।”

व्यक्तिगत स्तरबाट सुरु गरिएको सानो प्रयासले पनि ठूलो सामाजिक रूपान्तरण सम्भव हुने विश्वास व्यक्त गर्दै उनले समानता र सम्मानमा आधारित सुसंस्कृत विवाहको अभ्यासलाई प्रोत्साहन गर्न सबैलाई आह्वान गरेकी छन्।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

आत्मदाह प्रयास गरेका गणेश नेपालीको अवस्था गम्भीर, जुनसुकै बेला थप जटिल हुन सक्ने वीर अस्पतालको चेतावनी

शुक्रबार २६ असार, २०८३
२३ घण्टाअघि

कर्णाली नदीमा भेटियो दुई जनाको शव

शुक्रबार २६ असार, २०८३
२४ घण्टाअघि

संरचना खाली गराइए टेन्ट टाँगेर वा सडकमै भए पनि सेवा दिन्छौँ : रेडक्रस मोरङ

बिहिबार २५ असार, २०८३
२ दिनअघि

राहदानी विभाग अगाडि एक व्यक्तिले गरे आत्मदाह प्रयास

बिहिबार २५ असार, २०८३
२ दिनअघि

२०२२ को हारको बदला लिने अवसरमा मोरक्को, फ्रान्सलाई रोक्न सक्ला त ?

बिहिबार २५ असार, २०८३
२ दिनअघि

सप्तकोशी नदीको बाँध क्षेत्रबाट ३०८ किलो गाँजा बरामद

बिहिबार २५ असार, २०८३
२ दिनअघि
भारत ‘ए’ विरुद्ध नेपालले टी–२० सिरिज खेल्ने
शुक्रबार २६ असार, २०८३
आत्मदाह प्रयास गरेका गणेश नेपालीको अवस्था गम्भीर, जुनसुकै बेला थप जटिल हुन सक्ने वीर अस्पतालको चेतावनी
शुक्रबार २६ असार, २०८३
कर्णाली नदीमा भेटियो दुई जनाको शव
शुक्रबार २६ असार, २०८३
संरचना खाली गराइए टेन्ट टाँगेर वा सडकमै भए पनि सेवा दिन्छौँ : रेडक्रस मोरङ
बिहिबार २५ असार, २०८३
राहदानी विभाग अगाडि एक व्यक्तिले गरे आत्मदाह प्रयास
बिहिबार २५ असार, २०८३
२०२२ को हारको बदला लिने अवसरमा मोरक्को, फ्रान्सलाई रोक्न सक्ला त ?
बिहिबार २५ असार, २०८३
सप्तकोशी नदीको बाँध क्षेत्रबाट ३०८ किलो गाँजा बरामद
बिहिबार २५ असार, २०८३
दुहबीमा लोपोन्मुख पञ्चे बाजा बजाउने तालिम सम्पन्न
बिहिबार २५ असार, २०८३
शारीरिक स्वास्थ्य र मानसिक शान्तिका लागि ध्यान
बिहिबार २५ असार, २०८३
मुख्यसचिवमा गोविन्द कार्की नियुक्त
बुधबार २४ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०