प्रहरीको पोसाक धान गोदाममा काम गर्ने पालेको जस्तो भयो भनेर भावुक शैलीमा भाषण गरेका आईजीपी दानबहादुर कार्कीलाई म्यादीकै पोसाक खरिदमा अनियमितताको आरोप लागेको छ ।
निर्वाचन प्रहरीको पोसाक खरिदमा करिब ६० करोड रुपैयाँ अनियमितता भएको आरोपसहित एकैसाथ तीन निकायमा उजुरी दर्ता भएको छ । प्रधानमन्त्री कार्यालय, संघीय संसदअन्तर्गतको सार्वजनिक लेखा समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएसँगै उच्चस्तरीय छानबिन सुरु भएको छ ।