नेपाल–बेलायतबीच शिक्षा र खेलकुद सहकार्य विस्तारमा छलफल

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २ ब‌ैशाख, २०८३
६ महिनाअघि
काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेल र नेपालका लागि संयुक्त अधिराज्य (बेलायत) का राजदूत रब फेन बीच बुधबार शिष्टाचार भेटवार्ता भएको छ।

सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा नेपाल–बेलायतबीचको ऐतिहासिक द्विपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा छलफल भएको थियो। विशेषगरी शिक्षा र खेलकुद क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा दुबै पक्षबीच केन्द्रित संवाद भएको जनाइएको छ।

भेटमा बेलायत सरकारबाट नेपालमा शिक्षा क्षेत्रमा भइरहेका सहयोगलाई निरन्तरता दिने विषयमा सहमति भएको छ। साथै, नेपाल सरकारले सातै प्रदेशमा सञ्चालन गर्न लागेको अटिजम स्कुलका लागि सहकार्य, स्रोत व्यवस्थापन तथा शिक्षकको पेशागत क्षमता विकासका विषयमा पनि छलफल भएको छ।

Advertisement

मन्त्री पोखरेलले शिक्षा क्षेत्र सुधार, शिक्षकको दक्षता अभिवृद्धि र अटिजम स्कुल सञ्चालनका लागि बेलायत सरकारबाट निरन्तर सहयोगको अपेक्षा व्यक्त गरेका छन्।

राजदूत फेनले नेपालमा शिक्षा, खेलकुद तथा अन्य क्षेत्रमा विगतदेखि भइरहेको सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाएका छन्। भेटमा ट्रान्सनेशनल एजुकेशनको सम्भावना र शिक्षक क्षमता विकासमा सहकार्य गर्ने विषयमा समेत सकारात्मक समझदारी बनेको बताइएको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
दिग्गज अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन
बिहिबार २२ असोज, २०८३
गुगललाई डेटा सेन्टर निर्माणको काम रोक्न फिनल्याण्डको निर्देशन
बुधबार २१ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक
बुधबार २१ असोज, २०८३
बाँके र बर्दियामा भारी वर्षा मापन, सतर्कता अपनाउन आग्रह
बुधबार २१ असोज, २०८३
विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनमा नेपाल एक स्थान खस्कियो
बुधबार २१ असोज, २०८३
त्रिशूली–भोटेकोशी विपद् अध्ययन टोली नुवाकोटमा
बुधबार २१ असोज, २०८३
देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह
बुधबार २१ असोज, २०८३
सुनचाँदीको मूल्य बढ्यो
बुधबार २१ असोज, २०८३
एमालेले बोलायो स्थायी कमिटी बैठक
बुधबार २१ असोज, २०८३
कांग्रेस महाधिवेशनको चौथो दिन आज बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै
बुधबार २१ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०