‘बफर स्टेट’ शब्दप्रति ज्ञवालीको आपत्ति, कूटनीतिक भाषामा सावधानी अपनाउन सुझाव

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २ ब‌ैशाख, २०८३
३ महिनाअघि
काठमाडौँप्रदीप ज्ञवालीले सरकारले हालै सार्वजनिक गरेको ‘राष्ट्रिय प्रतिबद्धता’ दस्ताबेजमा प्रयोग गरिएको कूटनीतिक शब्दावलीप्रति प्रश्न उठाएका छन्। विशेषगरी नेपाललाई ‘बफर स्टेट’ का रूपमा चित्रण गरिएको विषयप्रति उनले असन्तुष्टि जनाएका हुन्।

सरकारी प्रतिबद्धतापत्रको ‘अन्तर्राष्ट्रिय कूटनीति र परराष्ट्र सम्बन्ध’ शीर्षकअन्तर्गत नेपाललाई ‘बफर स्टेट’ बाट ‘भाइब्रेन्ट ब्रिज’ मा रूपान्तरण गर्ने र ‘समनिकटता’ को नीति अवलम्बन गर्ने उल्लेख छ। यही सन्दर्भमा ज्ञवालीले सरकारी दस्ताबेजमा शब्द चयन गर्दा अत्यन्त सावधानी अपनाउनुपर्ने बताएका छन्।

उनले अन्तर्राष्ट्रिय कूटनीतिमा प्रत्येक शब्दको गहिरो अर्थ हुने उल्लेख गर्दै नेपालले आफूलाई कहिल्यै ‘बफर राज्य’का रूपमा परिभाषित नगरेको स्पष्ट पारे। उनका अनुसार नेपालका छिमेकी राष्ट्रहरूबीच यस्तो शत्रुतापूर्ण अवस्था पनि छैन जसले यस्तो शब्द प्रयोगलाई औचित्य दिन सकोस्।

Advertisement

ज्ञवालीले ‘समनिकटता’ र ‘समदूरी’ जस्ता अवधारणाप्रति पनि असहमति जनाउँदै राष्ट्रिय हित, स्वतन्त्र परराष्ट्र नीति र सन्तुलित सम्बन्धलाई प्राथमिकता दिनुपर्ने बताए। उनका अनुसार विभिन्न सन्दर्भ, मुद्दा र साझेदारीअनुसार अन्तर्राष्ट्रिय सम्बन्धको स्वरूप फरक हुन सक्छ।

सरकारी दस्ताबेजमा अस्पष्ट वा विवादास्पद शब्द प्रयोग गर्नुको सट्टा स्पष्ट, सन्तुलित र राष्ट्रिय हित केन्द्रित कूटनीतिक भाषा प्रयोग गर्नुपर्नेमा उनले जोड दिएका छन्।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

आत्मदाह प्रयास गरेका गणेश नेपालीको अवस्था गम्भीर, जुनसुकै बेला थप जटिल हुन सक्ने वीर अस्पतालको चेतावनी

शुक्रबार २६ असार, २०८३
२३ घण्टाअघि

कर्णाली नदीमा भेटियो दुई जनाको शव

शुक्रबार २६ असार, २०८३
२३ घण्टाअघि

संरचना खाली गराइए टेन्ट टाँगेर वा सडकमै भए पनि सेवा दिन्छौँ : रेडक्रस मोरङ

बिहिबार २५ असार, २०८३
२ दिनअघि

राहदानी विभाग अगाडि एक व्यक्तिले गरे आत्मदाह प्रयास

बिहिबार २५ असार, २०८३
२ दिनअघि

२०२२ को हारको बदला लिने अवसरमा मोरक्को, फ्रान्सलाई रोक्न सक्ला त ?

बिहिबार २५ असार, २०८३
२ दिनअघि

सप्तकोशी नदीको बाँध क्षेत्रबाट ३०८ किलो गाँजा बरामद

बिहिबार २५ असार, २०८३
२ दिनअघि
भारत ‘ए’ विरुद्ध नेपालले टी–२० सिरिज खेल्ने
शुक्रबार २६ असार, २०८३
आत्मदाह प्रयास गरेका गणेश नेपालीको अवस्था गम्भीर, जुनसुकै बेला थप जटिल हुन सक्ने वीर अस्पतालको चेतावनी
शुक्रबार २६ असार, २०८३
कर्णाली नदीमा भेटियो दुई जनाको शव
शुक्रबार २६ असार, २०८३
संरचना खाली गराइए टेन्ट टाँगेर वा सडकमै भए पनि सेवा दिन्छौँ : रेडक्रस मोरङ
बिहिबार २५ असार, २०८३
राहदानी विभाग अगाडि एक व्यक्तिले गरे आत्मदाह प्रयास
बिहिबार २५ असार, २०८३
२०२२ को हारको बदला लिने अवसरमा मोरक्को, फ्रान्सलाई रोक्न सक्ला त ?
बिहिबार २५ असार, २०८३
सप्तकोशी नदीको बाँध क्षेत्रबाट ३०८ किलो गाँजा बरामद
बिहिबार २५ असार, २०८३
दुहबीमा लोपोन्मुख पञ्चे बाजा बजाउने तालिम सम्पन्न
बिहिबार २५ असार, २०८३
शारीरिक स्वास्थ्य र मानसिक शान्तिका लागि ध्यान
बिहिबार २५ असार, २०८३
मुख्यसचिवमा गोविन्द कार्की नियुक्त
बुधबार २४ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०