अमेरिकन रिपोर्टले भन्यो : बालेन–रास्वपा गठजोड ‘स्वार्थप्रेरित’

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १ ब‌ैशाख, २०८३
२ महिनाअघि

काठमाडौं । अमेरिकी संसद् (कंग्रेस) को अनुसन्धान सेवा ‘कंग्रेसनल रिसर्च सर्भिस’ (सीआरएस) ले सार्वजनिक गरेको प्रतिवेदनमा नेपाली राजनीतिक समीकरण उल्लेख गरिएको छ ।

अमेरिकी प्रतिवेदनमा नेपालको पछिल्लो आन्तरिक राजनीतिक सङ्क्रमण, जेनजी विद्रोह, भूराजनीतिक चुनौती र त्यसले जन्माएको नयाँ सत्ता समीकरण बारे विस्तृतमा चर्चा गरिएको छ ।

गत ३१ मार्च २०२६ मा प्रकाशित ‘नेपालको संसदीय निर्वाचन’ शीर्षकको उक्त प्रतिवेदनले बालेन शाह र रास्वपा गठजोड ‘स्वार्थप्रेरित’ भनिएको छ ।

बालेन र रास्वपाबीचको गठजोडलाई गहिरो वैचारिक एकताभन्दा पनि ‘म्यारिज अफ कन्भिनियन्स’ अर्थात् ‘परिस्थितिजन्य मिलन’ को संज्ञा दिएको छ ।

प्रतिवेदनमा शाहले स्वतन्त्र मेयरको पृष्ठभूमि हुँदाहुँदै पनि रास्वपासँग मिलेर चुनाव लड्नुलाई विश्लेषकहरूको भनाइ उद्धृत गर्दै ‘म्यारिज अफ कन्भिनियन्स’ अर्थात् सुविधाको गठबन्धन (स्वार्थप्रेरित रणनीतिक गठजोड) भनिएको हो ।

बालेनलाई ‘संस्थापन विरोधी र सुधारक’ का रूपमा व्याख्या गर्दै प्रतिवेदनले उनको मेयर हुँदाको मिश्रित ट्रयाक रेकर्ड र शासकीय योजनामा स्पष्टताको कमी रहेको औंल्याएको छ ।

प्रतिवेदनले रास्वपालाई तुलनात्मक रूपमा नयाँ, मध्यमार्गी राजनीतिक दल भनेको छ । १० वर्षको माओवादी युद्धपछि पनि नेपालमा स्वतन्त्र तथा निष्पक्ष निर्वाचनमार्फत शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण हुँदै आएको सन्दर्भ प्रतिवेदनमा उल्लेख छ ।

‘तर, देशका राजनीतिक नेताहरूबीच हुने गठबन्धन परिवर्तनका कारण स्थायित्व कायम हुन सकेको छैन,’ प्रतिवेदनमा भनिएको छ, ‘सन् २०१५ देखि २०२५ को बीचमा, तीन जना प्रधानमन्त्रीहरूले आठ वटा मन्त्रिपरिषद् गठन गर्दै पालैपालो नेतृत्व गरेका थिए, जसले संसदीय गठबन्धन परिवर्तनसँगै सत्ताको घुम्तीलाई देखाउँछ।’

राजनीतिक स्थायित्व नहुँदा नेपालले निरन्तर आर्थिक चुनौतीहरू पनि भोग्दै आएको सन्दर्भ उल्लेख गर्दै प्रतिवेदनले जेनजी आन्दोलनको पृष्ठभूमि खोतल्ने प्रयास गरेको छ ।

गठबन्धन सफल भएर सरकार बने पनि प्रतिवेदनले यसको भविष्यमाथि आशंका व्यक्त गरेको छ । नयाँ सरकारका अगाडि आउन सक्ने सम्भावित चुनौतीबारे विश्लेषण गर्दै प्रतिवेदनमा लेखिएको छ, ‘नयाँ रास्वपा सरकारका लागि आगामी दिनमा बालेन शाह र रास्वपा नेतृत्वबीच हुन सक्ने सम्भावित तनाव प्रमुख चुनौती हुनेछ ।’

प्रतिवेदनले रास्वपालाई एउटा यस्तो ‘छाता सङ्गठन’ भनेको छ, ‘जसले पुराना दलसँग असन्तुष्ट रहेकाहरूलाई सुशासन सुधारको ‘प्राविधिक’ एजेन्डामा एकै ठाउँ ल्याएको छ।’

निर्वाचन परिणामले मतदाताहरू परिवर्तन चाहन्छन् भन्ने स्पष्ट संकेत गरे पनि शाह र रास्वपासँग अवसरसँगै चुनौतीहरू पनि रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिवेदनमा भनिएको छ, ‘शाहले परम्परागत सञ्चार माध्यमसँग भन्दा बढी सामाजिक सञ्जाल मार्फत आफ्नो विचार सार्वजनिक गर्ने गरेका छन् ।’

प्रकाशित समय: मङ्गलबार १ ब‌ैशाख, २०८३, १२:०६:४९
आन्तरिक विवादपछि रास्वपा महोत्तरीको अधिवेशन स्थगित
आईतबार २४ जेठ, २०८३
फेरि गृहमन्त्री भएँ भने दुई महिना तस्बिर खिच्न नआउनु : सुधन गुरुङ
आईतबार २४ जेठ, २०८३
 नेपालबिना भारत–चीनले सम्झौता गर्न सक्दैनन् : परराष्ट्रमन्त्री खनाल
आईतबार २४ जेठ, २०८३
अछाममा जिप दुर्घटना : एक जनाको मृत्यु, दुई घाइते
आईतबार २४ जेठ, २०८३
सिस्नेरी घटनाबारे छानबिन गर्न समिति गठन
आईतबार २४ जेठ, २०८३
‘स्पेस एक्स’ले ७५ अर्ब डलरको आईपीओ ल्याउने, के नेपालीले किन्न पाउँछन् ?
आईतबार २४ जेठ, २०८३
ओमानलाई आठ विकेटले पराजित गर्दै नेपाल एसियन गेम्सको फाइनलमा
आईतबार २४ जेठ, २०८३
भारत भ्रमणमा परराष्ट्रमन्त्री खनाल, द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने सहमति
आईतबार २४ जेठ, २०८३
सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार २ सय रुपैयाँ घट्यो
आईतबार २४ जेठ, २०८३
बजेटले आर्थिक वृद्धि र रोजगारीको स्पष्ट दिशा दिन सकेन : वर्षमान पुन
शनिवार २३ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०