सामाजिक सञ्जाल फेसबुकमार्फत उनले मन्त्रीहरूको सम्पत्तिमा विशेषगरी सुनतर्फ संकेत गर्दै “डाँडाभरि लालीगुराँस फुल्ने बेलामा मन्त्रीहरूको खेतबारीमा पहेँलपुर तोरी फुलेको” भन्दै व्यङ्ग्य गरेका हुन्। उनले प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण हेर्दा देशमा समृद्धि आइसकेको जस्तो देखिएको र सुशासन पनि त्यहीँबाट सुरु भएको जस्तो चित्रण गरेका छन्।
उनले लेखेका छन्— “देश लङ्का बनिसकेछ, डाँडाभरि लालीगुराँस फुल्ने बेलामा मन्त्रीहरूको खेतबारीमा भने पहेँलपुर तोरी फुलेछ। समृद्धि आएछ– सुशासन त्यहीँबाट आरम्भ भइहाल्छ।”
यसैगरी उनले नेपाली उखान “जहाँ कङ्गाल, त्यहाँ चण्डाल” उद्धृत गर्दै देश अब कङ्गाल अवस्थाबाट मुक्त भएको तर त्यो परिवर्तन सर्वसाधारणका लागि नभई सत्ताको वरपर सीमित भएको संकेत गरेका छन्।
उनले वालेन्द्र शाहले चुनावी अभियानका क्रममा लेखेको “झिक्कै झिक्कै मया तम्लाई” भन्ने अभिव्यक्तिसमेत उल्लेख गर्दै वर्तमान अवस्थामाथि थप व्यङ्ग्य गरेका छन्।