चीनलाई ट्रम्पको कडा चेतावनी, इरानलाई सहयोग गरे ५०% शुल्क लगाउने धम्की

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ३० चैत, २०८२
४ महिनाअघि
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई इरानलाई सैन्य सहयोग नगर्न कडा चेतावनी दिएका छन्। आइतबार दिएको एक अन्तर्वार्तामा उनले यदि चीनले इरानलाई सहयोग गरेको पाइए ५० प्रतिशतसम्म भन्सार शुल्क लगाइने बताएका हुन्।

ट्रम्पले होर्मुज स्ट्रेटमा बढ्दो तनावबीच बेलायतसहित केही देशहरूले बारुदी सुरुङ हटाउन नौसैनिक जहाज पठाउने जानकारी पनि दिएका छन्।

यसैबीच, उनले नाटो प्रति असन्तुष्टि जनाउँदै आवश्यक समयमा संगठन अमेरिकाको पक्षमा उभिन नसकेको आरोप लगाए। अमेरिकाले ठूलो आर्थिक योगदान गरे पनि अपेक्षाअनुसार समर्थन नपाएको भन्दै उनले नाटोबारे पुनः समीक्षा गर्ने संकेत गरेका छन्।

ट्रम्पले उचित समय आएपछि इरानविरुद्ध कारबाही गर्न अमेरिका पूर्ण रूपमा तयार रहेको बताए। सामाजिक सञ्जालमार्फत उनले अमेरिका “लक्ड एन्ड लोडेड” अवस्थामा रहेको उल्लेख गर्दै सैन्य कदम चाल्न सकिने संकेत दिएका छन्।

यसअघि पनि उनले इरानलाई होर्मुज स्ट्रेट हुँदै जाने जहाजहरू रोक्ने चेतावनी दिएका थिए। उता, इरानले भने उक्त समुद्री मार्ग आफ्नो नियन्त्रणमा रहेको दाबी गर्दै त्यहाँबाट गुज्रिने जहाजले रियालमा शुल्क तिर्नुपर्ने बताएको छ।

प्रकाशित समय: सोमबार ३० चैत, २०८२, १०:१४:११
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०