अलबिदा आशा

माधव काफ्ले
आईतबार २९ चैत, २०८२
२ महिनाअघि

आफूलाई भर्सटाइलको सग्लो प्रमाण दिएकी आशा भोसलेले ९२ वर्षको उमेरमा धरती छोडिन् ।आइतबार मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा अन्तिम सास फेरेकी भोसलेको सिंगो सांगीतिक करिअरबाट नेपाली संगीतलाई धरी ठुलो योगदान पुगेको कुरा बिर्सन मिल्दैन ।

मातृभाषा अर्कै भए पनि थुप्रै नेपाली गीतहरूमा स्वर भरेकी छन् भने धेरै दिग्गज गायकसँग सहकार्य गरेकी छन् । स्वरकी सम्राज्ञी, समयलाई नै गीतमा कैद गर्न सक्ने अद्भूत प्रतिभा भएकी उनको आवाजले नेपाली संगीतको आकाशमा पनि अमिट छाप छाडेको छ । साउने झरीमा, मोहनी लाग्ला है, बसन्त नै बस्न खोज्छ यहाँ, पहाडको माथिमाथि, को होला मेरो मायालु, माया ता माया हो, गैरीखेतको शीरै हान्यो..लगायत नेपाली खेलमा कर्णप्रिय स्वर दिएकी थिइन्, आशाले ।

भोसलेले नेपाली संगीतका थुप्रै प्रतिष्ठित स्रष्टासँग सहकार्य गरिन् । नारायणगोपाल, प्रकाश श्रेष्ठ, शम्भुजीत बासकोटा, जयदेव, किरण खरेल, रञ्जित गजमेर, कुसुम गजमेर, रामकृष्ण ढकाललगायतसँग उनले काम गरेकी छन् । उनका गीतहरू केवल धुन नभएर हाम्रो स्मृतिका गहिरा स्पन्दन हुन् भन्न सकिन्छ । कहिले प्रेम त कहिले पीडा बोक्न सक्ने गीतहरूमा आवाज भर्न सिपालु भोसलेको आवाजलाई देशको सिमानाले रोक्न सकेन । उनका गीतहरू पुस्तौँसम्म लोकप्रिय रहँदै आएका छन् । उनले गाएका केही नेपाली गीत आज पनि उत्तिकै सुनिन्छन् ।

नेपाली र हिन्दीमात्र नभएर उनले हिन्दी मात्र होइन, बंगाली, मराठी, गुजराती, पंजाबी, अंग्रेजी लगायत २० भन्दा बढी भाषामा गीत गाएकी छन् । विश्वकै सबैभन्दा धेरै गीत रेकर्ड गर्ने गायिकासमेत रहेकी आशाले आफ्नो आठ दशक लामो सांगीतिक यात्रामा हजारौं कालजयी गीतहरू पस्किसकेकी छन् ।

भारतीय सिनेमाकी सबैभन्दा सफल, लोकप्रिय र अत्यन्तै सक्रिय गायिकामध्ये एक भोसलेको स्थान हिन्दी फिल्म संगीतमा उनकी दिदी स्वर्गीय लता मंगेशकरसँग मात्र तुलना गरिन्थ्यो । सन् १९३३ मा मंगेशकर परिवारमा जन्मिएकी आशाले ९ वर्षको उमेरदेखि नै व्यावसायिक रूपमा गायन सुरु गरेकी थिइन् । उनले सन् १९४३ मा पहिलो फिल्म गीत रेकर्ड गरेकी थिइन् भने १९५० को दशकसम्म आइपुग्दा बलिउडमा आफ्नै पहिचान स्थापित गरिसकेकी थिइन् ।

त्यसपछिका तीन दशकसम्म उनी अधिकांश संगीतकारहरूको रोजाइकी गायिका बनिरहेकी थिइन् । सुरुआती समयमा उनलाई नृत्यप्रधान गीतमा मात्र सीमित गरिए पनि उनले आफ्नो दायरा फराकिलो बनाउँदै ‘उमराव जान’ जस्ता फिल्ममा गजल गायनमा पनि उत्कृष्टता देखाइन् । उनी फिल्मफेयर उत्कृष्ट महिला पार्श्व गायनतर्फ सात पटक सम्मानित भएकी थिइन् । साथै, ‘उमराव जान’को ‘दिल चीज क्या है’ र ‘इजाजत’को ‘मेरा कुछ सामान’ गीतका लागि दुई पटक राष्ट्रिय फिल्म पुरस्कार जितेकी थिइन् ।

भोसले भारतीय गायिका मात्र होइनन्, विश्व संगीतको एक महत्वपूर्ण नाम हुन् । उनका गीत दक्षिण एसियाबाट बाहिर पनि उत्तिकै लोकप्रिय छन् । यस्ता महान कलाकारहरू शरीरले टाढा भए पनि स्वरका रूपमा सधैं हाम्रो हृदयमा जीवित रहिरहन्छन् । हार्दिक श्रद्धासुमन ।

प्रकाशित समय: आईतबार २९ चैत, २०८२, १४:०४:४८
आन्तरिक विवादपछि रास्वपा महोत्तरीको अधिवेशन स्थगित
आईतबार २४ जेठ, २०८३
फेरि गृहमन्त्री भएँ भने दुई महिना तस्बिर खिच्न नआउनु : सुधन गुरुङ
आईतबार २४ जेठ, २०८३
 नेपालबिना भारत–चीनले सम्झौता गर्न सक्दैनन् : परराष्ट्रमन्त्री खनाल
आईतबार २४ जेठ, २०८३
अछाममा जिप दुर्घटना : एक जनाको मृत्यु, दुई घाइते
आईतबार २४ जेठ, २०८३
सिस्नेरी घटनाबारे छानबिन गर्न समिति गठन
आईतबार २४ जेठ, २०८३
‘स्पेस एक्स’ले ७५ अर्ब डलरको आईपीओ ल्याउने, के नेपालीले किन्न पाउँछन् ?
आईतबार २४ जेठ, २०८३
ओमानलाई आठ विकेटले पराजित गर्दै नेपाल एसियन गेम्सको फाइनलमा
आईतबार २४ जेठ, २०८३
भारत भ्रमणमा परराष्ट्रमन्त्री खनाल, द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने सहमति
आईतबार २४ जेठ, २०८३
सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार २ सय रुपैयाँ घट्यो
आईतबार २४ जेठ, २०८३
बजेटले आर्थिक वृद्धि र रोजगारीको स्पष्ट दिशा दिन सकेन : वर्षमान पुन
शनिवार २३ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०