विराटनगर । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भारत भ्रमणमा जाने भएका छन् ।
भारतको ग्वालियरस्थित आईटीएम युनिभर्सिटीको औपचारिक निमन्त्रणामा ‘डा. राममनोहर लोहिया स्मृति व्याख्यान’ मा प्रमुख वक्ताका रूपमा सहभागी हुन उनी आइतबार भारत जान लागेका हुन्। वैशाख १ गते आयोजना हुने यो व्याख्यानलाई बौद्धिक वृत्तमा विशेष महत्त्वका साथ हेरिएको छ।
ग्वालियरमा रहँदा उनले त्यहाँका विद्यार्थी, प्राध्यापक र अनुसन्धानकर्तासँग समसामयिक विषयमा अन्तरक्रिया समेत गर्ने कार्यतालिका छ। उनले साउथ एसियन युनिभर्सिटीको सामाजिक विज्ञान संकायद्वारा आयोजित इन्टरडिसिप्लिनरी कन्भर्सेसनमा मुख्य सम्बोधन गर्नेछन्।
उनी वैशाख २ गते नेपाल फर्किने छन् ।