विराटनगर । यही चैत २७ मा उपसभामुखको निर्वाचन हुने भएको छ ।
आज बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले उपसभामुखको निर्वाचनको मिति तय गरेको जानकारी दिएका हुन् ।
यही चैत २२ गते सभामुखको निर्वाचन भएको थियो । संवैधानिक व्यवस्था अनुसार प्रतिनिधिसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख निर्वाचन गर्नुपर्ने व्यवस्था छ। यसअघि चैत २२ गते सभामुखको निर्वाचन भएको थियो।
सभामुख र उपसभामुखमा फरक दल र फरक लिंगको व्यक्ति हुनुपर्ने प्रावधान छ। त्यसैले, अब हुने निर्वाचनमा रास्वपा बाहेक अन्य दलका सांसद उपसभामुखका लागि उम्मेदवार बन्नेछन्।