झापामा ब्राउन सुगरसहित विदेशी मुद्रा बरामद: ५ जना पक्राउ

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २३ चैत, २०८२
२ महिनाअघि

भद्रपुर – भद्रपुर नगरपालिका–४ डाँगीबारी क्षेत्रबाट ठूलो परिमाणमा लागूऔषध ब्राउन सुगर र विभिन्न देशका मुद्रा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
चैत २२ गते दिउँसो विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको टोलीले शंकास्पद अवस्थामा रहेका भद्रपुर–४ का बब्लु मर्डी र बिर्तामोड–१ का अनमोल गजमेर लाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार उनीहरूको साथबाट २१८ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर, नेपाली रुपैयाँ ३ लाख २ सय ५०, अमेरिकी डलर ७५, भारतीय रुपैयाँ ५३०, पाकिस्तानी रुपैयाँ ५० र अस्ट्रेलियन डलर ५ बरामद गरिएको छ।
यसैक्रममा कन्काई नगरपालिका–९ का देवुलाल राजबंशी, प्रमोद मल्लिक र श्याम चौधरी लाई १ ग्राम ७५० मिलिग्राम ब्राउन सुगरसहित इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको छ।
लागूऔषधसहित पक्राउ परेका सबै व्यक्तिहरूमाथि आवश्यक कानुनी कारबाही तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित समय: सोमबार २३ चैत, २०८२, १३:३६:०८
फेरि गृहमन्त्री भएँ भने दुई महिना तस्बिर खिच्न नआउनु : सुधन गुरुङ
आईतबार २४ जेठ, २०८३
 नेपालबिना भारत–चीनले सम्झौता गर्न सक्दैनन् : परराष्ट्रमन्त्री खनाल
आईतबार २४ जेठ, २०८३
अछाममा जिप दुर्घटना : एक जनाको मृत्यु, दुई घाइते
आईतबार २४ जेठ, २०८३
सिस्नेरी घटनाबारे छानबिन गर्न समिति गठन
आईतबार २४ जेठ, २०८३
‘स्पेस एक्स’ले ७५ अर्ब डलरको आईपीओ ल्याउने, के नेपालीले किन्न पाउँछन् ?
आईतबार २४ जेठ, २०८३
ओमानलाई आठ विकेटले पराजित गर्दै नेपाल एसियन गेम्सको फाइनलमा
आईतबार २४ जेठ, २०८३
भारत भ्रमणमा परराष्ट्रमन्त्री खनाल, द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने सहमति
आईतबार २४ जेठ, २०८३
सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार २ सय रुपैयाँ घट्यो
आईतबार २४ जेठ, २०८३
बजेटले आर्थिक वृद्धि र रोजगारीको स्पष्ट दिशा दिन सकेन : वर्षमान पुन
शनिवार २३ जेठ, २०८३
मधेश प्रदेशको बजेट खर्च २० प्रतिशत पनि पुगेन, जेठ २१ सम्म १९.४ प्रतिशत मात्रै खर्च
शनिवार २३ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०