प्रतिबन्धित औषधिसहित दुई जना पक्राउ, हजारौं ट्रामाडोल क्याप्सुल बरामद

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २३ चैत, २०८२
२ महिनाअघि

सुनसरी — सुनसरी जिल्लाका दुई छुट्टाछुट्टै स्थानबाट ठूलो परिमाणमा प्रतिबन्धित औषधि ट्रामाडोलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

आइतबार कोशी गाउँपालिका–१ स्थित क्षेत्रमा इलाका प्रहरी कार्यालय लौकही बाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा रहेका उदयपुर बेलका नगरपालिका–५ का सुदिप राउत र सुनसरी रामधुनी नगरपालिका–१ का सरोज खवासलाई जाँच गरेको थियो। उनीहरूले बोकेको झोलाबाट २ हजार ७ सय ७० क्याप्सुल ट्रामाडोल बरामद भएपछि दुवैलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

त्यसै दिन बराहक्षेत्र नगरपालिका–५ स्थित सडक किनारमा बेवारिसे अवस्थामा रहेको झोलाबाट थप ६ हजार २ क्याप्सुल ट्रामाडोल बरामद गरिएको छ।

बरामद औषधिको ओसारपसारमा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान जारी रहेको छ।

प्रकाशित समय: सोमबार २३ चैत, २०८२, १२:१९:५४
आन्तरिक विवादपछि रास्वपा महोत्तरीको अधिवेशन स्थगित
आईतबार २४ जेठ, २०८३
फेरि गृहमन्त्री भएँ भने दुई महिना तस्बिर खिच्न नआउनु : सुधन गुरुङ
आईतबार २४ जेठ, २०८३
 नेपालबिना भारत–चीनले सम्झौता गर्न सक्दैनन् : परराष्ट्रमन्त्री खनाल
आईतबार २४ जेठ, २०८३
अछाममा जिप दुर्घटना : एक जनाको मृत्यु, दुई घाइते
आईतबार २४ जेठ, २०८३
सिस्नेरी घटनाबारे छानबिन गर्न समिति गठन
आईतबार २४ जेठ, २०८३
‘स्पेस एक्स’ले ७५ अर्ब डलरको आईपीओ ल्याउने, के नेपालीले किन्न पाउँछन् ?
आईतबार २४ जेठ, २०८३
ओमानलाई आठ विकेटले पराजित गर्दै नेपाल एसियन गेम्सको फाइनलमा
आईतबार २४ जेठ, २०८३
भारत भ्रमणमा परराष्ट्रमन्त्री खनाल, द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने सहमति
आईतबार २४ जेठ, २०८३
सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार २ सय रुपैयाँ घट्यो
आईतबार २४ जेठ, २०८३
बजेटले आर्थिक वृद्धि र रोजगारीको स्पष्ट दिशा दिन सकेन : वर्षमान पुन
शनिवार २३ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०