काठमाडौं – सरकारले अबदेखि सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम गर्ने निर्णय गरेको छ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शैक्षिक संस्थाबाहेकका सरकारी कार्यालयहरूमा यो समय लागू गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेल का अनुसार, “शैक्षिक संस्थाबाहेक उल्लेखित कार्यालयहरूको समय ९ देखि ५ बजेसम्म कायम गरिएको छ।”
त्यसैगरी, सरकारले २३ चैतदेखि लागू हुनेगरी शनिबार र आइतबार सरकारी कार्यालय तथा शैक्षिक संस्थामा साप्ताहिक बिदा दिने निर्णय पनि गरेको छ।
पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्यालाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको सरकारको भनाइ छ।