इतिहासकै ठूलो रक्षा बजेट प्रस्ताव गरे ट्रम्पले

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २२ चैत, २०८२
४ महिनाअघि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी आर्थिक वर्षका लागि १५ खर्ब डलर रक्षा बजेट प्रस्ताव गरेका छन् । अमेरिकी पत्रिका द वासिङ्टन पोस्टका अनुसार ट्रम्पको प्रस्ताव अमेरिकी कंग्रेसले पारित गरेमा यो इतिहासकै ठूलो रक्षा बजेट हुनेछ ।

युद्ध खर्च बढ्दै जाँदा अमेरिकी रक्षा मन्त्रालयले इरानसँग युद्ध सञ्चालनका लागि मात्रै २०० अर्ब डलरभन्दा बढी बजेट माग गरेको थियो । जसअनुसार ट्रम्प प्रशासनले रक्षा खर्चमा उल्लेख वृद्धि गर्दै गैररक्षा खर्चमा ठूलो कटौती प्रस्ताव गरेको हो । स्वास्थ्य अनुसन्धान, विद्यालदेखि उच्च शिक्षा, नवीकरणीय ऊर्जा तथा जलवायु कार्यक्रम, न्यून आय वर्गका लागि ऊर्जा सहयोग र सामुदायिक विकास कार्यक्रम लगायत विभिन्न शीर्षकमा ७३ अर्ब डलर खर्च कटौती प्रस्ताव गरेका छन् ।

सन् २०२७ को बजेट प्रस्तावले रक्षा खर्चमा ४४ प्रतिशत वृद्धि गर्ने र थप ३५० अर्ब डलर हतियार खरिद तथा रक्षा औद्योगिक आधार विस्तारका लागि स्वीकृति माग गरेको छ । ह्वाइट हाउसले यो लगानीले अमेरिकी सैन्य शक्ति, तयारी र क्षमतालाई विश्वकै सबैभन्दा शक्तिशाली बनाइराख्ने दाबी गरेको छ ।

रक्षा बजेट वृद्धिअन्तर्गत ‘गोल्डेन डोम’ क्षेप्यास्त्र रक्षा प्रणाली, सैनिकको तलबमा ७ प्रतिशत वृद्धि, जहाज निर्माणमा अर्बौं डलर लगानी तथा सैन्य क्षेत्रमा कृत्रिम बुद्धिमत्ता विकासका कार्यक्रम समावेश रहेको वासिङ्टन पोस्टले जनाएको छ ।अब, ट्रम्पको प्रस्ताव अनुमोदन हुन अमेरिकी संसदको दुवै सदनबाट पारित हुनुपर्छ । तल्लो सदनमा रिपब्लिकन पार्टीको झिनो बहुमत भए पनि सिनेटमा भने ट्रम्पलाई अफ्ठ्यारो पर्न सक्छ ।

कंग्रेसबाट पारित नै नगराई इरानविरूद्ध युद्धमा होमिएको भन्दै डेमोक्र्याटहरू ट्रम्पको प्रशासनको आलोचना गर्दै आइरहेका छन् । खर्च अत्यधिक भएपछि यसले अमेरिकी अर्थतन्त्रमा दीर्घकालीन असर पार्ने दाबी गर्दै डेमोक्र्याटहरू ट्रम्पको युद्ध नीति विरूद्धमा उभिने आकलन छ । अमेरिका फेब्रुअरी २८ देखि इरानसँग युद्धमा छ । इरान युद्धमा अमेरिकाको ठूलो परिमाणमा प्रत्यक्ष खर्च भइसकेको अनुमान छ ।

युद्धको पहिलो ६ दिनमै अमेरिकाको ११ अर्ब ३० करोड डलरभन्दा बढी खर्च भएको विवरण त्यतिबेला पेन्टागनका अधिकारीहरूले युएस क्यापिटलमा सांसदहरुलाई गोप्य ब्रिफिङ गरेका थिए । प्रारम्भिक आक्रमणमा एजीएम–१५४ ग्लाइड बमजस्ता महँगा हतियार प्रयोग गरिएको थियो । यसको मूल्यप्रति बम करिब ५ लाख ७८ हजारदेखि ८ लाख ३६ हजार डलरसम्म पर्ने भनिएको थियो । यसले गर्दा युद्धको पहिलो सातामै अर्बौं खर्च भएको थियो ।

त्यसयता अमेरिकाले इरान युद्धमा कति खर्च गर्‍यो भन्ने रिपोर्ट आइसकेको छैन । यद्यपि पहिलो साताको तुलनामा इरान युद्धमा अमेरिकाको प्रतिदिन खर्च घट्दै गएको आँकलन गरिएको छ । युद्ध सञ्चालनमा मात्रै भएको सिधा खर्च अप्रिल १ सम्ममा ३५ अर्ब डलर भइसकेको अनुमान गरिएको  छ ।

त्यसबाहेक ऊर्जा, बजार र दैनिक जीवनमा असर जोड्दा वास्तविक लागत त्योभन्दा धेरै हुनसक्ने देखिएको छ । एक रिपोर्टअनुसार इरानविरूद्धको युद्धमा समग्रमा दैनिक १.४ अर्ब डलर खर्च भइसकेको छ । युद्ध खर्च बढेपछि ट्रम्पले अरब मुलुकहरूबाट त्यो खर्च उठाउने इच्छा समेत राखेका थिए ।

यसअघि अमेरिकाले सन् १९९० को इराक विरुद्धको युद्धमा विभिन्न देशहरूको गठबन्धन नेतृत्व गरेको थियो । सैन्य खर्च भनेर त्यतिबेला जर्मनी, जापान र अरब मुलुकहरूले करिब ५४ अर्ब डलर अमेरिकालाई दिएका थिए । यसैले पनि युद्धमा अमेरिकाले गरेको खर्च अरब मुलुकहरूबाट उठाउन सक्ने अनुमान गरिएको छ ।

तथापि, अहिलेको युद्ध र त्यति बेलाको युद्ध भने फरक छ । यसपालि अमेरिकाले अन्य राष्ट्रहरुसँग छलफल नै नगरी इसराइलसँग मिलेर इरानमा आक्रमण गरेको थियो ।

प्रकाशित समय: आईतबार २२ चैत, २०८२, ०९:५०:०४
विश्व स्तनपान सप्ताह आजदेखि सुरु
शनिवार १६ साउन, २०८३
सुनसरीमा कर्फ्यु हट्यो, विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी
शनिवार १६ साउन, २०८३
गणेश यादवको परिवारलाई औरही गाउँपालिकाले १० लाख दिने
शुक्रबार १५ साउन, २०८३
भ्रामक सूचना नफैलाउन प्रहरीको आग्रह
शुक्रबार १५ साउन, २०८३
धनुषामा मृत भेटिएका पुरुषको घटनालाई धार्मिक विवादसँग नजोड्न प्रहरीको आग्रह
शुक्रबार १५ साउन, २०८३
कुवेतमा ड्रोन आक्रमणमा परी एक नेपालीको मृत्यु
शुक्रबार १५ साउन, २०८३
देवानगञ्ज घटनापछि विराटनगरमा आज बृहत् सद्भाव र्‍याली, शान्ति र एकताका लागि सर्वपक्षीय आह्वान
शुक्रबार १५ साउन, २०८३
तराई तनावबारे  मधेश र कोशीका सांसदलाई रवि लामिछानेले बैठकमा बोलाए
बिहिबार १४ साउन, २०८३
तराईको तनाव झनझन बढ्न थालेपछि प्रधानमन्त्री–गृहमन्त्रीबीच आकस्मिक छलफल
बिहिबार १४ साउन, २०८३
पूर्वराजा ज्ञानेन्द्रको सद्भाव सन्देश : सामाजिक सद्भाव र राष्ट्रिय एकताको आह्वान
बिहिबार १४ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०