सामाजिक सञ्जाल फेसबुकमा फेक अकाउन्ट खोलेर ९० लाख रुपैयाँ ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । फेक अकाउन्टबाट पीडितसँग आकर्षक तलव र सुविधामा जापान पठाउने भन्दै चार जनालाई पीडित बनाएकी ५० वर्षीया वनकुमारी गुरुङ पक्राउ परेकी हुन् ।
पोखरा महानगरपालिका-१६ बस्दै आएकी उनले पीडितहरूको व्यक्तिगत कागजातहरूसमेत पठाउन लगाए, विभिन्न बैङ्क खातामा पटक–पटक गरी ९० लाख रुपैयाँ रकम जम्मा गर्न लगाएकी थिइन् । पक्राउ परेकी उनीमाथि ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवम् कारवाही थालिएको छ ।