विराटनगर । श्रीलंकाले ३९ वटा देशका पासपोर्ट प्राप्त व्यक्तीलाई निःशुल्क पर्यटक भिसा दिने तयारी गरेको छ ।
सम्बन्धित नियमहरू मन्त्रिपरिषदको स्वीकृति पछि संसदमा पेस गरिने सरकारी अधिकारीले बताएका छन्।
पर्यटन क्षेत्रको पुनरुत्थान र वृद्धिलाई समर्थन गर्ने उद्देश्यले सन् २०२५ जुलाई -२१ को मन्त्रिपरिषद् बैठकमा अनुमोदन गरिएको थियो। यस कार्यक्रम अन्तर्गत योग्य पर्यटकलाई निःशुल्क पर्यटक भिसा जारी गरिने भएको छ।
अध्यागमन र आप्रवासन ऐनका प्रावधान अनुरूप कानुन विभागले योजनाका लागि मस्यौदा नियम तयार गरेको जनाइएको छ। जुन नियमहरू अनुमोदनका लागि संसदमा पेस गरिने कार्यक्रम रहेको जनाइएको छ।