ओली र लेखकलाई थुनामा राख्न म्याद माग, अदालतको निर्णय प्रतीक्षामा

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १५ चैत, २०८२
४ महिनाअघि

काठमाडौं – प्रहरीले ज्यानसम्बन्धी कसुरमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालतमा म्याद थपको माग गरेको छ।

प्रहरीले उनीहरूलाई हिरासतमा राख्नुपर्ने कारणसहित अदालतसमक्ष निवेदन पेस गरेको हो। कानुनी प्रावधानअनुसार म्याद थपका लागि आरोपीलाई अदालतमा उपस्थित गराउनुपर्ने हुन्छ।

हाल त्रिवि शिक्षण अस्पतालमा उपचाररत रहेका ओलीलाई भर्चुअल माध्यमबाट अदालतमा उपस्थित गराइने तयारी गरिएको छ भने लेखकलाई भने प्रत्यक्ष रूपमा अदालतमा उपस्थित गराइएको छ।

उक्त मुद्दामा न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले थुनामा राख्न म्याद दिने वा नदिने निर्णय गर्नेछ।

जेन–जी आन्दोलनमा दमन गरेको आरोपमा प्रहरीले शनिबार बिहान उनीहरूलाई घरबाटै पक्राउ गरेको थियो। गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले लापरबाहीपूर्वक ज्यान मारेको कसुरमा मुद्दा चलाउन सिफारिस गरेको छ, जसमा दोषी ठहर भए अधिकतम १० वर्षसम्म कैद सजाय हुन सक्ने व्यवस्था छ।

प्रकाशित समय: आईतबार १५ चैत, २०८२, १३:०१:४५
हलभित्र फिल्म रेकर्ड नगर्न चलचित्र विकास बोर्डको आग्रह
आईतबार १७ साउन, २०८३
निम्स दाइको निधनमा गाउँपालिकाद्वारा शोक बिदा घोषणा
आईतबार १७ साउन, २०८३
इरानमाथिको आक्रमण स्थगित गरेको ट्रम्पको दाबी
आईतबार १७ साउन, २०८३
जीवन विकास सामुदायिक अस्पतालमा रक्तदान, ५४ युनिट रगत संकलन
आईतबार १७ साउन, २०८३
विश्व स्तनपान सप्ताह आजदेखि सुरु
शनिवार १६ साउन, २०८३
सुनसरीमा कर्फ्यु हट्यो, विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी
शनिवार १६ साउन, २०८३
गणेश यादवको परिवारलाई औरही गाउँपालिकाले १० लाख दिने
शुक्रबार १५ साउन, २०८३
भ्रामक सूचना नफैलाउन प्रहरीको आग्रह
शुक्रबार १५ साउन, २०८३
धनुषामा मृत भेटिएका पुरुषको घटनालाई धार्मिक विवादसँग नजोड्न प्रहरीको आग्रह
शुक्रबार १५ साउन, २०८३
कुवेतमा ड्रोन आक्रमणमा परी एक नेपालीको मृत्यु
शुक्रबार १५ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०