जेनजी आन्दोलन दमन मुद्दाः पूर्वगृहमन्त्री लेखकलाइ अदालत उपस्थित गराइयाे 

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १५ चैत, २०८२
३ महिनाअघि

काठमाडौं – जेनजी आन्दोलनमा दमन गरेको आरोपमा शनिबार पक्राउ परेका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ।

शनिबार सार्वजनिक बिदा भएकाले उनी आज अदालतमा पेश गरिएको हो। आजै पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि अदालतमा उपस्थित गराइँदैछ।

गत भदौ २३–२४ गतेको जेनजी पुस्ताको प्रदर्शन हिंसात्मक बन्दा तीन जना प्रहरीसहित ७६ जनाको मृत्यु भएको थियो। उक्त घटनामा करिब दुई हजार चार सय बढी प्रदर्शनकारी गम्भीर घाइते भएका थिए। प्रदर्शनको क्रममा सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राष्ट्रपति भवन, प्रहरी कार्यालय, व्यापारिक प्रतिष्ठान तथा निजी निवासमा आगजनी, तोडफोड र लुटपाट भएको थियो।

सो घटनाबारे छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री लेखकसहित जिम्मेवार पदमा रहेका व्यक्तिहरूलाई दोषी ठहर गर्दै कारबाही सिफारिस गरेको थियो।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनपछि चैत १३ गते गठन भएको प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको थियो।

चैत १४ गते बिहान प्रहरीले ओलीलाई भक्तपुरको गुण्डुस्थित निवासबाट र लेखकलाई भक्तपुरको कटुन्जेस्थित निवासबाट नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिएपछि ओलीलाई स्वास्थ्य जाँचका लागि त्रिवि शिक्षण अस्पताल मा लगिएको थियो र डाक्टरको सुझाव अनुसार त्यहीँ भर्ना गरिएको छ। लेखकलाई भने प्रहरीको दुई नम्बर गण, महाराजगञ्जमा राखिएको छ।

प्रकाशित समय: आईतबार १५ चैत, २०८२, १०:४७:२४

सम्बन्धित खबर

मनसुन विपदमा जनताको सुरक्षा पहिलो प्राथमिकता : गृहमन्त्री गुरुङ

बिहिबार ४ असार, २०८३
१ घण्टाअघि

रोनाल्डोलाई पछि पार्दै मेसी बने अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक ह्याट्रिककर्ता

बिहिबार ४ असार, २०८३
२ घण्टाअघि

जिदानका छोरा लुका किन खेल्दै छन् अल्जेरियाबाट ?

बिहिबार ४ असार, २०८३
२ घण्टाअघि

प्रतिनिधिसभामा विपक्षी दलका सांसद्हरूले गरे उठेर विरोध

बिहिबार ४ असार, २०८३
२ घण्टाअघि

ट्रम्प र मोदीबिच भेटवार्ता, अमेरिकी राष्ट्रपति भारत भ्रमणमा आउने

बिहिबार ४ असार, २०८३
२ घण्टाअघि

लिङ्देनलाई दिलविकासको खुलापत्र:’मेरो घर तुरुन्त खाली गर्नुस्’

बिहिबार ४ असार, २०८३
२ घण्टाअघि
मनसुन विपदमा जनताको सुरक्षा पहिलो प्राथमिकता : गृहमन्त्री गुरुङ
बिहिबार ४ असार, २०८३
मडेइरादेखि विश्व फुटबलको शिखरसम्म रोनाल्डोको यात्रा
बिहिबार ४ असार, २०८३
रोनाल्डोलाई पछि पार्दै मेसी बने अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक ह्याट्रिककर्ता
बिहिबार ४ असार, २०८३
जिदानका छोरा लुका किन खेल्दै छन् अल्जेरियाबाट ?
बिहिबार ४ असार, २०८३
प्रतिनिधिसभामा विपक्षी दलका सांसद्हरूले गरे उठेर विरोध
बिहिबार ४ असार, २०८३
ट्रम्प र मोदीबिच भेटवार्ता, अमेरिकी राष्ट्रपति भारत भ्रमणमा आउने
बिहिबार ४ असार, २०८३
सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलाको २ लाख ९७ हजार २०० रुपैयाँ
बिहिबार ४ असार, २०८३
लिङ्देनलाई दिलविकासको खुलापत्र:’मेरो घर तुरुन्त खाली गर्नुस्’
बिहिबार ४ असार, २०८३
पशुपतिमा आरती : तीन करोडको अक्षयकोषमाथि उठ्यो पारदर्शिताको प्रश्न
बिहिबार ४ असार, २०८३
इंग्ल्यान्डको आक्रामक खेल, क्रोएसियाविरुद्ध निकाल्यो सानदार रोमाञ्चक जित
बिहिबार ४ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०