काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्व उर्जामन्त्री दीपक खड्कालाई सिआइबिले पक्राउ गरेको छ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अनुसन्धानका क्रममा उनलाई नियन्त्रणमा लिइएको स्रोतले जनाएको छ।
उनी लैनचौरस्थित स्काउटको जग्गा विवादमा मुछिएका छन्। जेनजी आन्दोलनका क्रममा उनको निवासमा भएको आगजनीपछि पैसा उडेको भनिएको भिडियो सार्वजनिक भएको थियो, जसको विषयमा पनि अनुसन्धान भइरहेको छ।
नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) स्रोतका अनुसार खड्कालाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको छ।