विराटनगर । गृहमन्त्री सुधन गुरुङले सुरक्षाकर्मीहरुलाई पारदर्शी ढंगबाट कार्यसम्पादन गर्न निर्देशन दिएका छन् ।
शनिबार बिहान जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उनले पारदर्शी ढंगबाट कार्यसम्पादन गर्न निर्देशन दिएका हुन् ।
त्यसैगरि,गृहमन्त्री गुरुङले आजै रामशाहपथस्थित काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको समेत निरीक्षण गरेका छन् ।