काठमाडौं – हर्क साम्पाङले वर्तमान सरकार प्रतिशोधको राजनीतिमा लागेको टिप्पणी गरेका छन्।
श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेपछि सामाजिक सञ्जालमार्फत यस्तो धारणा सार्वजनिक गरेका हुन्।
उनले देशमा अब राजनीतिक स्थिरताभन्दा आन्दोलनको अवस्था सिर्जना हुने दाबी गरेका छन्।
साम्पाङले लेखेका छन्, ‘मेरो कुरा ढिलो गरी बुझ्छन् ! मैले ओखलढुंगाको कार्यक्रममा भनेको थिएँ, अरु जसले जिते नि प्रतिशोधको राजनीति हुन्छ ! प्रगतिको राजनीति श्रम संस्कृति मात्रै हो, अब हुने भनेको यस्तै मात्रै हो ! आन्दोलन, आन्दोलन अनि आन्दोलन !’