जेनजी आन्दोलनको प्रतिवेदन कार्यान्वयनको निर्णयप्रति एमालेका २३ भ्रातृ संगठनको विरोध

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १३ चैत, २०८२
६ महिनाअघि

काठमाडौं – नेकपा एमालेसँग आवद्ध २३ वटा भ्रातृ संस्थाहरूले संयुक्त वक्तव्य जारी गर्दै जेनजी आन्दोलनको छानबिन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयप्रति कडा विरोध जनाएका छन्।

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले उक्त प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेसँगै एमाले निकट संगठनहरू असन्तुष्ट बनेका हुन्।

Advertisement

वक्तव्यमा भदौ २३ र २४ गतेको प्रदर्शनपछि भएको जनधनको क्षतिसम्बन्धी छानबिनका लागि गठन गरिएको गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।

आयोगले जेनजी आन्दोलनका क्रममा ७६ जनाको ज्यान जाने घटनामा तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली सहितलाई जिम्मेवार ठहर गर्दै ज्यान मुद्दामा अनुसन्धान अघि बढाउन सिफारिस गरेको थियो।

यसै विषयलाई लिएर एमालेका भ्रातृ संगठनहरूले आपत्ति जनाउँदै निष्पक्ष अनुसन्धानबिना कुनै पनि कदम चालिए पूर्वाग्रहपूर्ण हुने बताएका छन्। “सबै पक्षको निष्पक्ष अनुसन्धान बिना चालिने कदमले फौजदारी न्याय प्रणालीमाथि नै प्रश्न उठाउँछ,” वक्तव्यमा उल्लेख छ।

संगठनहरूले तथाकथित पूर्वाग्रही भन्दै कार्की आयोग खारेज गर्न र मन्त्रिपरिषद्को निर्णय तत्काल फिर्ता लिन माग गरेका छन्। अन्यथा, आवश्यक प्रतिरोधका कार्यक्रम अघि बढाउन बाध्य हुने चेतावनीसमेत दिएका छन्।

सरकारले जेनजी आन्दोलनका घटनाको छानबिनका लागि पूर्वन्यायाधीश कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी

बुधबार १४ असोज, २०८३
९ घण्टाअघि

इटहरीमा सीप तथा रोजगार मेला सुरु

बुधबार १४ असोज, २०८३
१० घण्टाअघि

दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश

बुधबार १४ असोज, २०८३
११ घण्टाअघि

महासभामा प्रधानमन्त्रीको सम्बोधन विश्वभर चर्चामा आयो : परराष्ट्रमन्त्री खनाल

बुधबार १४ असोज, २०८३
१२ घण्टाअघि

महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो

बुधबार १४ असोज, २०८३
१६ घण्टाअघि

चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण

मङ्गलबार १३ असोज, २०८३
१ दिनअघि
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
महासभामा प्रधानमन्त्रीको सम्बोधन विश्वभर चर्चामा आयो : परराष्ट्रमन्त्री खनाल
बुधबार १४ असोज, २०८३
महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो
बुधबार १४ असोज, २०८३
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय
मङ्गलबार १३ असोज, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०