राखेपद्वारा एन्फा नेतृत्व निलम्बन, ३ महिनासम्म प्रतिबन्ध

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ११ चैत, २०८२
१ महिनाअघि

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) को वर्तमान नेतृत्वलाई निलम्बन गरेको छ।

परिषद्ले बारम्बार दिएको निर्देशन अवज्ञा गरेपछि खेलकुद विकास नियमावली २०७७ को दफा २९ (२) अनुसार एन्फा नेतृत्वमाथि ३ महिनाका लागि निलम्बन गरिएको हो। सो प्रावधानमा परिषद्को निर्देशन पालना नगरेमा सम्बन्धित संघलाई निलम्बन गर्न सकिने व्यवस्था छ।

यससँगै पंकज विक्रम नेम्बाङ नेतृत्वको एन्फा तीन महिनाका लागि निलम्बनमा परेको छ।

एन्फाले कार्यकाल सकिनुभन्दा तीन महिना अघि नै विधानमा व्यवस्था नभएको ‘अर्ली इलेक्सन’ गर्न खोजेपछि विवाद सुरु भएको थियो। राखेपले स्वीकृतिबिना निर्वाचन नगर्न पटक–पटक निर्देशन दिएको भए पनि एन्फाले चैत १३ गते निर्वाचन गर्ने तयारी अघि बढाएको थियो।

राखेपले मंगलबार एन्फालाई २४ घण्टे स्पष्टीकरण माग्दै कारबाही किन नगर्ने भन्ने अल्टिमेटम दिएको थियो। तर एन्फाले निर्वाचन प्रक्रिया नरोकिने जवाफ दिएपछि परिषद्ले निलम्बनको निर्णय गरेको हो।

प्रकाशित समय: बुधबार ११ चैत, २०८२, १९:३०:३४
बाढी कुर्दै बस्ने दिन सकियो, सुकुम्बासी व्यवस्थापन अनिवार्य: बालेन
शुक्रबार ११ ब‌ैशाख, २०८३
तनहुँमा बस दुर्घटना : २७ जना घाइते
शुक्रबार ११ ब‌ैशाख, २०८३
अव्यवस्थित बस्ती हटाउन सरकारको ११ बुँदे कार्ययोजना, समन्वयदेखि बसोबाससम्म व्यवस्था
शुक्रबार ११ ब‌ैशाख, २०८३
सरकारले विपिन जोशीको परिवारलाई १० लाख दिने
शुक्रबार ११ ब‌ैशाख, २०८३
एमालेको प्रमुख सचेतकमा एन महर
शुक्रबार ११ ब‌ैशाख, २०८३
हरिनगरका ५० भन्दा बढी नागरिक बने विपद् योद्धा
शुक्रबार ११ ब‌ैशाख, २०८३
क्रिकेटर आदिल आलम मोटरसाइकल दुर्घटनामा घाइते
शुक्रबार ११ ब‌ैशाख, २०८३
झ्यालमा समस्या देखिएपछि बुद्ध एयरको उडान रद्द
शुक्रबार ११ ब‌ैशाख, २०८३
कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन
शुक्रबार ११ ब‌ैशाख, २०८३
मोरङमा ‘स्वीप अपरेशन’ : ७२ जना नियन्त्रणमा
शुक्रबार ११ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०